तानसेनका किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण | Khabarhub Khabarhub

तानसेनका किसानलाई अनुदानमा कृषियन्त्र तथा मौरीघार वितरण


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

रामपुर– जिल्लाको तानसेन नगरपालिकाले किसानलाई कृषियन्त्र तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हातेट्रयाक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरेको हो ।

नगरपालिकाले वडा कार्यालयबाट सिफारिस भएर आएबमोजिम ४७ जनालाई हातेट्रयाक्टर, चार सय ८५ जनालाई मौरीघार तथा मौरीजन्य सामग्री र ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले जानकारी दिए।

कृषियन्त्र खरिदबापत हातेट्रयाक्टर, चापकटर र डिजिटल तराजु गरी ४० लाख र मौरीजन्य सामग्रीका लागि २० लाख वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

उपलब्ध बजेट र किसानको मागका आधारमा नगरभित्रका विभिन्न व्यक्ति, समूह, फार्म र सहकारीलाई अनुदानमा हातेट्रयाक्टर वितरण गरिएको हो । 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ७ : ४६ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार