गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत भेटिए  « Khabarhub

गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत भेटिए 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की मृत फेला परेका हुन् ।

उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको–४ दोभान स्थित छल्दि खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए।

कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए। 

मुसिकोट नगरपालिका –१ अरेवा घर भई हाल वडानम्बर–२ निस्ति मामाघरमा बस्दै आएका थिए। उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ०१ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी