भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु  « Khabarhub

भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो ।

भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : १५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार