जनकपुरधाम– मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेकी थिइन्।
आज नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएका हुन् ।
५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । गत फागुनमा उमेर हदको कारण मधेश प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्र प्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।
प्रतिक्रिया