मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक हुँदै « Khabarhub

मौद्रिक नीति पारित, केहीबेरमा सार्वजनिक हुँदै


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति पारित गरेको छ । बिहान ८ बजेदेखि बसेको बैंक सञ्‍चालक समितिले मौद्रिक नीति पारित गरेको हो ।

सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीले केही बेरमा सार्वजनिक गर्दैछन्‌ । बालुवाटारमा नवनिर्मित राष्ट्र बैंकको भवनमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गर्नेछन्‌ ।

अघिल्लो साता नै मौद्रिक नीति जारी गर्ने तयारी रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगभर्नर एवम्‌ पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रमुख आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि एक साता पर धकेलिएको थियो ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले तत्काल पुँजी परिचालन हुन सक्ने क्षेत्र घरजग्गा, शेयर र सवारीसाधन खरिद सहज बनाउनेगरी पूर्वगभर्नर खतिवडालाई ‘उपयोग’ गर्न खोजेपछि गभर्नर अधिकारी तत्काल मौद्रिक नीति जारी गर्नबाट पछि हटेका थिए ।

यसअघि गभर्नर अधिकारीले लचक मौद्रिक नीति नआउने बताउने गरेका थिए । तर, सरकारले कसिलो नभई लचिलो मौद्रिक नीति ल्याएर सघाउन अधिकारीलाई आग्रह गरेका खबर सार्वजनिक भएका छन्‌ ।

गभर्नरका रूपमा अधिकारीले ल्याउन लागेको कार्यकालको यो अन्तिम मौद्रिक नीति हो । अनुकूलको मौद्रिक नीति ल्याइदिए अधिकारीलाई सेवानिवृत्त हुनासाथ महत्वपूर्ण मित्रराष्ट्रको राजदूत बनाइदिने आश्वासन सरकारले दिएको बताइन्छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १२ : २९ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा