कमजोरी भएको महसुस हुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय « Khabarhub

कमजोरी भएको महसुस हुन्छ ? अपनाउनुहोस् यस्ता घरेलु उपाय


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कहिले काहीँ बिहान उठ्दा शरीरमा थकान र कमजोरी भएको महसुस हुन्छ । जिउ एकदम भारी महसुस भएका कारण दिनभरि नै काम गर्न मन नलाग्ने हुन्छ ।

सानो काम गर्दा वा हिँडडुल गर्दा पनि थकाइ लाग्नु, रिँगटा लाग्नु, बसिरहेको ठाउँबाट उठ्दा आँखा धमिलो हुनु, शरीर धरमरिनु कमजोरीका लक्षणहरू हुन् ।

कमजोरी भएमा खान र गर्न नहुने कुराहरू

रक्सी, चुरोट, चिया, कफी, बढी चिल्लो र मसलायुक्त खाना, सडेगलेका प्लाष्टिकमा प्याक गरिएका खानेकुराहरू खानुहुँदैन ।

खान र गर्न हुने कुराहरू :

दिनहुँ ३/४ लिटर पानी पिउने, प्रशस्त मात्रामा झोलिला पदार्थ खाने, पटक पटक थोरै थोरै गर्दै खाना खाँदै जाने, फलफूलको रस, फलहरूमा केरा, स्याऊ, सुन्तला, मौसम, अम्बा आदि ।

अनारमा एन्टिअक्सीडेन्ट, एन्टिवायरल र एन्टिब्याक्टेरियल गुणहरू भरपुर मात्रामा पाइन्छ। अनारले शरीरको रगतको मात्रालाई पनि बढाउँदछ। शरीरमा थकान महसुस हुनु, कमजोरी महसुसको मुख्य कारण भनेको शरीरमा पर्याप्त मात्रामा रगत नहुनु हो । दैनिक रूपमा एउटा अनार सेवन गर्दा शरीरले उचित मात्रामा पोषण पाउने गर्दछ। साथै यसले रोग प्रतिरोधात्मक क्षमतालाई पनि सुदृढ गर्दछ।

खोन, कुपोषण र रक्तअल्पता भएमा सोही अनुरूप उपचार गर्दै खानाको मात्रालाई अघि बढाउँदै जाने, दाख भिजाएर खाने, सानो मुठीको जति काँचो बदाम र काजु खाने, मुँगको दाल, गाँजर, पालुङ्गोको साग उसिनेर मात्र प्रशस्त खाने, दूधमा मह मिलाएर दिनको दुई गिलास बिहान–बेलुका पिउने र सोही अनुरूप उपचार गर्दै जाने हो भने कमजोरी ठिक हुन्छ ।

किसमिसमा आइरन भरपुर मात्रामा पाइन्छ । जसले शरीरमा रगतको मात्रालाई सन्तुलित राख्न मद्दत गर्दछ। १२ घण्टासम्म पानीमा भिजाएर राखेको किसमिसको पानी सेवन गर्दा पेट सम्बन्धी रोगहरूको निवारण हुनुका साथै पाचन प्रणालीको पनि सुधार हुने गर्दछ।

यति गर्दा पनि केहि सुधार भएन भने तुरुन्तै अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनु पर्छ ।

साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ३८ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।