काठमाडौं– यो साता शेयर बजारको लागि सुखद देखियो । साताको ५ दिन शेयर कारोबार हुँदा बुधबार एक दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा करेक्सन आयो भने अन्य ४ दिन नेप्से बढ्यो ।
सोमबार २ अंकले नेप्से बढेको थियो भने अन्य ३ दिन दोहोरो अंकले बढेको थियो । बुधबार नेप्से २७ अंकले घट्दा पनि समग्रमा सातामा ११२.९६ अंकले बढेको थियो । ५ दिनमा औषतमा नेप्से दैनिक २२.५८८ अंकले बढ्यो । आइतबार ६१, मंगलबार ७५ र बिहीबार ३२ अंकले नेप्से बढेको हो ।
कारोबारको हिसाबले पनि यो साता राम्रो देखिएको छ । ५ दिनमा ७३ अर्ब ६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । औसत दैनिक १४ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सातामा १६ करोड ८७ लाख १८ हजार ६८० कित्ता शेयर कारोबार भएको छ । दैनिक औसत ३ करोड ३७ लाख ४३ हजार ७३६ कित्ता शेयर कारोबार भएको छ । ५ दिनको अवधिमा ८ लाख ५८ हजार ५७० कित्ता शेयर किनबेच भएको छ भने दैनिक औसत १ लाख ७१ हजार ७१४ पटक शेयर किनबेच भएको छ । नेप्सेको वृद्धि, कारोबार हेर्दा यो साता नेप्से बुल ट्रेण्डमा रहेको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा उछाल आएको थियो । एकै दिन ६१.६१ अंकले बढेर कारोबार १५ अर्ब बढीको भएसँगै नेप्सेमा उछाल आएको हो ।
आइतबार नेप्से २.५४ प्रतिशतले बढेर २४८५.९४ बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्सेमा उछाल आउँदा वाणिज्य बैंक, होटल एण्ड टुरिज्म र ट्रेडिङ समूहमा उछाल आएको थियो । आइतबार बाणिज्य बैंक समूहको शेयर ३.८६ प्रतिशतले बढेको थियो भने ट्रेडिङ समूहको शेयर ६.८० प्रतिशतले बढेको थियो । होटल एण्ड टुरिजमको शेयर ४.२१ प्रतिशतले बढेको थियो ।
त्यस्तै इन्भेष्मेन्ट समूहको शेयर २.६८ प्रतिशतले, उत्पादन समूहको २.९७ प्रतिशत र अन्य समूहको ३.३८ प्रतिशतले शेयर बढेको थियो । उक्त दिन १३ वटा समूहमध्ये सबै समूहको शेयर मूल्यमा वृद्धि भएको थियो ।
आइतबार नेप्से ६१ अंकले बढ्दा १८१ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने ५६ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
३१५ वटा कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर कारोबार हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ शेयर किनबेच भएको थियो । नेप्सेमा बुल ड्रेन्ड आएसँगै आइतबार ९ वटा कम्पनीको शेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले बढेको थियो ।
४ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । एउटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो ।
सोमबार नेप्से झिनो अंकले बढ्यो
सोमबार नेप्से झिनो अंकले बढेको थियो । उक्त दिन बजारमा करेक्सन आएसँगै नेप्से झिनो अंकले बढेको हो । निरन्तर बुल ड्रेन्डमा रहेको बजारमा उक्त दिन बजारमा निकै उतारचढाव देखिएको थियो ।
सोमबार नेप्सेमा देखिएको उतारचढाप करेक्सनको रूपमा लगानीकर्ताले हेरेका छन् । उक्त दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको थियो । सोमबार नेप्से झिनो अंकले बढेको भएपनि सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स भने घटेको थियो ।
सोमबार ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको थियो भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको थियो । उक्त दिन सबैभन्दा बढी उत्पादन समूहको शेयर मूल्य बढेको थियो । उत्पादन समूह उक्त दिन १६०.०७ अंकले बढेर ७५४२.५८ बिन्दुमा पुगेको थियो ।
सोमबार सबैभन्दा बढी विकास बैंक समूहको शेयर मूल्य घटेको थियो । विकास बैंक समूह उक्त दिन ३१.५८ अंकले घटेर ४९४५.२८ बिन्दु कामय भएको थियो । सबैभन्दा कम इन्भेष्टमेन्ट समूह ०.४२ अंकले घटेर ९०.१७ बिन्दुमा कायम भएको थियो ।
सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको थियो । उक्त दिन १२१ वटा कम्पनीको शेयर मूल्य घटेको थियो भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।
सोमबार १३ अर्ब ९१ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटक किनबेच भएको थियो ।
उक्त दिन मुक्तिनाथ कृषि कम्पनीको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो भने गणपति लघुवित्तको शेयर करिब १० प्रतिशतले घटेको थियो ।
नेप्से ७५ अंकले बढ्दा २० कम्पनीको मूल्य घट्यो
नयाँ सरकार आउने चर्चा चलेदेखि सरकार गठन भएयता बुल ट्रेन्डमा नेप्से रहेको थियो । लामो समयसम्म नेप्सेले २२ सयको बिन्दुलाई पार गर्ने नसकिरहेको अवस्थामा अहिले भने नेप्सेले २५ सयको बिन्दु समेत पार गरिसकेको छ ।
मंगलबार पनि नेप्सेको बुल ट्रेन्ड कामयम रहँदा नेप्से ७५.३३ अंकले बढ्दा पनि २० अभागि कम्पनीको शेयर मूल्य भने घट्यो । बजार एकै दिन ३.०२ प्रतिशतले बढेर २५६३.४३ बिन्दुमा पुग्दा २० कम्पनीको शेयर मूल्य भने घट्यो ।
उक्त दिन १४ अर्ब बढीको कारोबार हुँदा २२० कम्पनीको शेयर मूल्य भने बढेको थियो । २ वटा कम्पनीको शेयर मूल्य भने सोमबार अन्तिम भएको मूल्य नै कामय भएको थियो ।
मंगलबार १३ वटा समूहमध्ये सबै समूह बढ्दा बीमा समूहमा उछाल आएको थियो । एकै दिन जिवन बीमा समूह ५१८.९९ अंकले बढेर १२ हजार १७०.३४ बिन्दुमा र निर्जीवन बीमा समूह ५२५.०७ अंकले बढेर १२ हजार ५२०.०१ बिन्दुमा पुगेको थियो ।
समूह अन्तरगत बढ्ने प्रतिशतो आधारमा सबैभन्दा बढी ट्रेडिङ समूह ५.०६ प्रतिशतले बढेको थियो भने सबैभन्दा कम म्यूचअल फण्ड १.११ प्रतिशतले बढेको थियो ।
उक्त दिन ३१७ वटा कम्पनीको शेयर कारोबार हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर १ लाख ७१ हजार ३८७ पटक किनबेच भएको थियो ।
उक्त दिन ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो भने बाँकी अन्य २ कम्पनीको शेयर पनि साढे ९ प्रतिशत भन्दा बढीले बढेको थियो ।
उक्त दिन कारोबार भएकामध्ये ५ भन्दा बढी कम्पनीको शेयर मूल्य भने ३ प्रतिशत भन्दा बढीले घटेको थियो । गणपति लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेर १९३७ रुपैयाँ ३० पैसा कायम भएको थियो ।
बुधबार दोहोरो अंकको करेक्सन
बुधबार नेप्सेमा ८ दिन पछि करेक्सन आएको थियो । निरन्तर बुल ट्रेन्डमा रहेको नेप्से बुधबार करेक्सन आएको थियो । उक्त दिन नेप्सेमा २७.३२ अंकको गिरावट सहित करेक्सन आएको हो ।
सत्ता गठबन्धन फेरीएर एमाले–कांग्रेसको सरकार बन्ने हल्ला चलेदेखि बढ्न थालेको नेप्सेमा बीचमा सानो करोक्न आएको हो । उक्त दिन नेप्सेमा १.०६ प्रतिशतले घटेर करेक्सन भएपनि १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
उक्त दिन होटल एण्ड टुरिज्म र फाइनान्स समूहबाहेक अन्य ११ वटा समूह राताम्य भएको थियो । उक्त दिन फाइनान्स ३३.८१ अंकले बढेर २९३०.१७ बिन्दुमा पुगेको थियो भने होटल एण्ड टुरिजम ८.५९ अंकले बढेर ६६००.१७ बिन्दुमा पुगेको थियो ।
उक्त दिन नेप्सेमा आएको करोक्सनसँगै ११ वटा समूहमा पनि करेक्सन आएको थियो । उक्त दिन सबैभन्दा बढी उत्पादन समूह ९७.२३ अंकले घटेर ७७२८.८२ बिन्दुमा पुगेको थियो । बुधबार सबैभन्दा कम म्यूचअल फण्ड समूह ०.१६ अंकले घटेर २१.०८ बिन्दुमा पुगेको थियो ।
उक्त दिन सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स क्रमशः ६.२५, १.५८ र १.९७ अंकले घटेपनि करोबार भने १६ अर्ब २० करोड ८५ लाख ७७ हजार रुपैयाँ बराबारको भएको थियो ।
बुधबार ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर १ लाख ८८ हजार ८६५ पटक किनबेच हुँदा १९४ वटा कम्पनीको शेयर मूल्य घटेको थियो । उक्त दिन ३११ कम्पनीको शेयर करोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य भने बढेको थियो । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।
उक्त दिन ३ वटा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो भने थप २ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा बढीले बढेको थियो । उक्त दिन एक कम्पनीको शेयर मूल्य ७.७९ प्रतिशतले घटेको थियो भने अन्य ११ वटा कम्पनीको शेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको थियो ।
साताको अन्तिम दिन नेप्से वृद्धि सहित १४३ कम्पनीको मूल्य बढ्यो
साताको अन्तिम नेप्से ३२ अंकले बढेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ बिन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै कारोबार रकम भने केही घटेको छ । बुधबारको तुलनामा २ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको हो । बुधबार १६ अर्ब रुपैयाँको कारोबार हुँदा बिहीबार १४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से ३२ अंकले बढ्दा पनि विकास बैंक समूह, हाइड्रो समूह, लगानी समूह र अन्य समूह भने घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह १७.९५ अंकले घटेर ५०४५.७९ बिन्दुमा पुगेको छ । सबैभन्दा कम लगानी समूह ०.६८ अंकले घटेर ९२.१९ बिन्दुमा पुगेको छ ।
समूहमा सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त समूह एकै दिन ३५६.२३ अंकले बढेर ५५७१.५४ बिन्दुमा पुगेको छ । सबैभन्दा कम म्यूचअल फण्ड ०.१४ अंकले बढेर २१.२३ बिन्दुमा पुगेको हो ।
३२० कम्पनीको शेयर कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दोहोरो अंकले नेप्से बढ्दा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १ लाख ५९ हजार ७५७ पटक किनबेच भएको छ । १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
प्रतिक्रिया