सेयर लगानीकर्ता उत्साहित, सर्कुलर पर्खने « Khabarhub

मौद्रिक नीति

सेयर लगानीकर्ता उत्साहित, सर्कुलर पर्खने


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएको उल्लेख छ ।

निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढाउने लक्ष्य । बैंकहरूले नाफा बढाइने र कर्जाको सीमा पनि बढाउने लक्ष्यसाथ मौद्रिक नीति आएको छ ।

मौद्रिक नीतिबारे शेयर लगानीकर्ताले  सकारात्मक प्रतिक्रिया दिएका छन् । नीति समग्रमा राम्रो आएको पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखलेलले खबरहबलाई प्रतिक्रिया दिइन्‌ ।

‘२० करोडको क्याप हटेको छ, बजारमा कर्जा प्रवाह बढाइने भनिएको, बैंकको नाफा बढ्ने भनिएको छ’, पोखरेलले भनिन्, ‘समग्रमा यो मौद्रिक नीतिलाई सकारात्मक रूपमा हेरेका छौँ ।’

शेयर लगानीकर्ताले माग गरेको जस्तो कुरा भने मौद्रिक नीतिमा समावेस नभएको भएपनि समग्रमा शेयर बजारलाई सकारात्मक गर्ने खालको नीति आएको पोखलेको भनाइ छ ।

अर्का लगानीकर्ता तथा इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी ढकालले पनि शेयर लगानीकर्ताका लागि मौद्रिक नीति समग्रमा राम्रो आएको बताएका छन् । २० करोडको क्याप हटाउनुलाई मौद्रिक नीतिको राम्रो पक्षको रूपमा लगानीकर्ताले लिनुपर्ने ढकालको भनाइ छ ।

‘समग्रमा नीति राम्रो आएको छ’, ढकालले खबरहबसँग भने, ‘पुरा विवरण अध्ययन नगरी थप भन्न सकिने अवस्था छैन ।’ नीति राम्रो आएको भएपनि सर्कुलर कस्तो आउँछ, त्यसले शेयर बजारको भविष्य निर्धारण गर्ने ढकालको भनाइ छ ।

इन्भेष्टर्स फोरमा पूर्वअध्यक्ष छोटेलाल रौनियारले पनि मौद्रिक नीति रमग्र रुपमा राम्रो आएको प्रतिक्रीया दिएका छन् । कर्जा प्रवाह बढाउने, २० करोडको क्याप हटाउने जस्ता नीतिले गर्दा शेयर बजारमा पनि राम्रो देखिने रोनियारको भनाइ छ ।

‘लगानीकर्ताले माग गरेको जस्तो नआए पनि केही कुरा सम्बोधन भएको छ’, रौनियारले खबरहबसँग भने, ‘जोखिमभार घट्छ भन्ने थियो, तर त्यो केही सम्बोधन भए जस्तो देखिएन ।’ नीतिको सर्कुलर कस्तो आउँछ, त्यो आधारमा मात्र धेरै कुरा भन्न सकिने रौनियारको भनाइ छ ।

मौद्रिक नीति पूरा खुलेर नआएको साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले प्रतिक्रिया दिएका छन् ।

‘मौद्रिक नीति जसरी शेयर बजारको लागि लचिलो आउँछ भनेर प्रचार गरिएको थियो, त्यसरी आएन’, जिसीले खबरहबसँग भने, ‘केही बुँदा राम्रो आए पनि पुरै खुलेर आएन ।’

मौद्रिक नीति कार्यान्वयनका लागि परिपत्र कसरी आउँछ, त्यो हेरेर मात्र पूरा समीक्षा गर्ने सकिने जिसीको भनाइ छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  २ : २८ बजे

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल

फुङ्लिङ– जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २१ गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा