भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना « Khabarhub

भोजपुरका दुई सामुदायिक वनमा नर्सरी स्थापना


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

भोजपुर– सामुदायिक वनको वृद्धि विकाससँगै उपभोक्ता समितिलाई आयमूलक काममा अग्रसर बनाउन डिभिजन वन कार्यालय भोजपुरले जोड दिएको छ ।

नाङ्गा पाखा तथा खाली जमिनलाई हरियाली बनाउँदै यहाँका सामुदायिक वन उपभोक्ता समितिको आय स्तरमा सुधार गर्न कार्यालयले नर्सरी स्थापनासँगै बिरुवा रोपनमा जोड दिएको हो ।

सामुदायिक वनको विकाससँगै उपभोक्ता समितिलाई सक्रिय बनाउन कार्यालयले सामुदायिक वनमा नर्सरी स्थापनाको कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा दुई वटा सामुदायिक वनमा ४० हजार बिरुवा उत्पादनसँगै खाली जमिनमा रोप्न नर्सरी स्थापना गरेको डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले जानकारी दिए । स्थापना गरिएका नर्सरीबाट सामुदायिक वन आफैँले रोपन तथा  निःशुल्क रूपमा वितरण गर्न सक्ने उनको भनाइ छ ।

‘सामुदायिक वनको विकाससँगै नाङ्गा पाखा तथा खाली स्थानमा वृक्ष रोपन गर्ने उद्देश्यले नर्सरी स्थापना गरिरहेका छौँ’, प्रमुख शाहले भने, ‘दुई वटा सामुदायिक वनमा ४० हजार बिरुवाको नर्सरी स्थापना गरिएको छ । खाली जमिनलाई हरियाली बनाउन यस्ता कार्यक्रमलाई आउँदा दिनमा पनि सञ्चालन गर्ने कार्यालयको लक्ष्य छ ।’

दिगो आम्दानीको स्रोत नहुँदा कतिपय सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सञ्चालन तथा विधिविधान निर्माणमा समस्या भइरहेको कार्यालयले जनाएको छ । उक्त समस्या समाधानका लागि सामुदायिक वनलाई उत्पादनसँग जोड्ने किसिमका कार्यक्रममा जोड दिँदै आय स्तरमा सुधार गर्न बिरुवा रोपन थालिएको प्रमुख शाहले बताए ।

सामुदायिक वनमा नर्सरी स्थापना कार्यक्रमअन्तर्गत हतुवागढी–२ को शिवालय सामुदायिक वन र टेम्केमैयुङ गाउँपालिका–३ को हर्कटे आमलाला सामुदायिक वनमा नर्सरी स्थापना गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले बताए ।

विभिन्न जातका ४० हजार बिरुवा उत्पादन गर्ने लक्ष्यअनुसार कार्यालयको रु चार लाख बजेटमा यहाँ नर्सरी स्थापना गरिएको उनले जानकारी दिए ।

उत्पादन भएका बिरुवालाई खाली तथा नाङ्गा पाखामा रोपिने शिवालय सामुदायिक वनका अध्यक्ष यदुराज थापाले जानकारी दिए ।

फलफूल जातका बिरुवासँगै जडीबुटीजन्य बिरुवाको नर्सरी स्थापना गरिएकाले यसले वन क्षेत्रको विकाससँगै समितिको आम्दानी वृद्धि हुने अपेक्षा लिइएको उनले बताए ।

नर्सरीमा फलफूलजन्य टिमुर, जामुन, बडहर, रिठा, रुद्राक्ष चिउरी, टाकी, सल्लालगायत बिरुवा रहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  २ : २३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको