रौतहटमा ४७४ एचआईभी संक्रमित « Khabarhub

रौतहटमा ४७४ एचआईभी संक्रमित


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

रौतहट– पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एड्स संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।

त्यस अघिको आर्थिक वर्ष २०७९/०८० मा  एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो । एक वर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एड्स संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।

सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एड्स संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको  संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन् ।

चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन्।यसैगरी गौर नगरपालिकामा ३५ , गुजरामा २० जना,फतुवा बिजयपुरमा १०  ,कटहरियामा २० ,बृन्दावनमा १०,गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिएकी छिन ।यस्तै माधब नारायण नगरपालिकामा १२ ,गरुडामा १९ ,देवाही गोनाहिमा २० ,मौलापुरमा १५ ,बौधीमाइ मा २० ,परोहामा २५ ,राजदेबी नगरपालिकामा २५  र यमुनामाइ  २१ ,दुर्गाभगबती गाउँपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको  तथ्याङकमा उल्लेख गरेको छ ।

२०७१ साल यता जिल्लामा एचआइभी एड्स रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एड्स शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन् ।

एचआइभी एड्स संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्यु बाट जोगिन सक्ने डाक्टर ठाकुरले जानकारी दिएका छन् ।

जिल्लाको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरू रोजगारीको लागि भारतको कलकत्ता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जाने गरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुने गरेको कारण एचआईभि संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।

शिक्षा र चेतनाको अभावले अति विपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरू सुरक्षाको साधन अपनाउन लापरबाही गरेको कारण संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  २ : २७ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ