मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रयास : बैंकर्स संघ | Khabarhub Khabarhub

मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रयास : बैंकर्स संघ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीति कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन्‌ ।

शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै केसीले नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको बताएका हुन्‌ ।

तर, कार्यान्वयनले मात्रै मौद्रिक नीतिको लक्ष्य स्पष्ट हुने उनले बताए । अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्नेगरी नै मौद्रिक नीति आएको उनको भनाइ छ ।

उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीतिमार्फत सम्बोधन गर्न खोजिएको जिकिर गरे । समग्र ऋणको प्रभिजनलाई १ दशमलव १ प्रतिशतमा झार्ने विषय सरकारात्मक रहेको उनले बताए ।

केसीले निर्माण क्षेत्रमा बैंकले लिएका नीतिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  २ : ५२ बजे

बाढीले इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

इनरुवा– हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड बराबरको

कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द

मकवानपुर – कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

नाङ्लो बुनेर लोभलाग्दो आम्दानी  

धरान – इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी