घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो « Khabarhub

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडकका रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन ।

करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।

सडक कालोपत्र गर्न पटक पटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर–४ का दोलकबहादुर खत्रीले बताए । ‘सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो । यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ’, उनले भने ‘सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो ।’

‘सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनः नयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ’, तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले भनिन । करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उनले बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिइन् ।

सडक निर्माणका लागि आफूले पटक पटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताइन् । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्रयाक खोल्ने काम पुरा भए पनि स्तर वृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

घोराही–रक्षाचौर खण्डको कौवाखोली–कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छ भने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिइन् । घोराही–तुलसीपुर जोड्ने वैकल्पिक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ०९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल