जहाज दुर्घटनाबारे सौर्यले भन्यो : भावविह्वल छौँ, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ « Khabarhub

जहाज दुर्घटनाबारे सौर्यले भन्यो : भावविह्वल छौँ, पीडित परिवारलाई सक्दो सहयोग हुन्छ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौर्य एयरलाइन्स व्यवस्थापनले बुधबार त्रिभुवन विमानस्थलमा भएको जहाज दुर्घटनामाबाट मर्माहत र भावविह्वल भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै सौर्यले मृतकका १८ जनाका परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव रहने विश्वास दिलाएको छ ।

अध्यक्ष दीपक पोखरेल तथा कम्पनीकातर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाउछौँ ।’

दुर्घटनामा परि बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको शिघ्र स्वास्थ्य लाभको कामनासमेत एयरलाइन्सले गरेको छ । उनको अहिले काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्थामा सुधार भएपछि उनलाई सघन उपचार कक्षबाट निकालिएको छ ।

नियमित प्राविधिक परीक्षण तथा मर्मतका लागि पोखरा विमानस्थलतर्फ उडेको सौर्य एयरलाइन्सको विमान बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

उक्त दुर्घटनामा एकै परिवारका तीनसहित अधिकांश कम्पनीकै प्राविधिक कर्मचारीले ज्यान गुमाएका थिए । दुर्घटनामा को-पाइलट सुशान्त कटुवालसहित १८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ४० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको