फिल्म ‘अगस्त्य’पछि ‘कर्मा’ निर्देशन गर्दै सौरभ  | Khabarhub Khabarhub

फिल्म ‘अगस्त्य’पछि ‘कर्मा’ निर्देशन गर्दै सौरभ 


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक सौरभ चौधरीले फिल्म ‘कर्मा’ निर्माणको घोषणा गरेका छन् । सामाजिक सञ्जलमा ‘थिम पोस्टर’ सार्वजनिक गर्दै उनले फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।

सौरभका अनुसार तिहारपछि छायांकन सुरु हुनेछ । यो फिल्मको कथा उनैले लेखेका हुन् । उनका अनुसार कर्मा ‘एक्सन ड्रामा एडभेन्चर’जनराको कथा हो ।

उनी भन्छन्, ‘यो फिल्म एक्सन मात्रै होइन । एक्सन फिल्मको हिस्सा हो तर फिल्मको बलियो पाटो भनेको यसको स्क्रिप्ट हो । यसको पटकथा कसिलो छ ।’

सौरभका अनुसार अहिले कालाकार चयनको काम पूरा भएको छैन । चयन भइसकेका कालाकार निर्माण पक्षले केही समयपछि औपचारिकरुपमा सार्वजनिक गर्ने उनको भनाइ छ ।

गत वर्षको फागुनमा प्रदर्शन आएको  ‘अगस्त्य : च्याप्टर–१’ निर्देशनबाट सौरभले फिल्म क्षेत्रमा चर्चा पाएका छन् । यद्यपि उनी निर्देशित पहिलो फिल्म ’लभ डायरिज’ तीन वर्षअघि प्रदर्शनमा आएको थियो । यो उनको निर्देशन रहने तेस्रो फिल्म हो ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति बन्ने यस फिल्मको निर्माता वसन्त लम्साल हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : १० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका