सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : अध्यक्ष प्रचण्ड « Khabarhub

सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : अध्यक्ष प्रचण्ड


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्  ।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अव सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएका माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनले अव जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिनुभएको सापकोटाले बताए  । शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरूले धारणा राखेका थिए ।

उनीहरुले संघर्षका रुपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए । पदाधिकारी बैठकले पार्टीलाई रूपान्तरण गर्दै जनतामा जाने अभियानको मार्गचित्र बनाउने उनको भनाइ छ ।

शनिबार र आइतबार पदाधिकारी बैठक बस्ने र त्यसपछि स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : २३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर