योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ « Khabarhub

योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका नवनियुक्त  उपाध्यक्ष प्रा डा शिवराज अधिकारी र सदस्यहरूले शपथ लिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष अधिकारीलाई शपथ गराएका थिए भने सदस्यलाई उपाध्यक्ष अधिकारीले शपथ गराएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले सदस्यहरूमा आरती मिसार (महोत्तरी), रमेश प्रसाद सिंह ( धनुषा), प्रकाशकुमार सिंह (अर्घाखाँची), गीताकुमारी पौडेल अधिकारी (झापा), डा. जय बहादुर टन्डन (अर्घाखाँची) र गंगादत्त अवस्थी (दार्चुला) लाई नियुक्त गरेको थियो ।

शपथ कार्यक्रममा प्रधानमन्त्री ओलीले बधाई र शुभकामना दिदै देशको समग्र विकासको योजना कार्यान्वयनमा नमूनायोग्य बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

ओलीले मुलुकको मनोबल कमजोर भएको बेला १६औँ आवधिक योजना बनेकाले समृद्ध नेपालका हाम्रा नीति, योजना र गन्तव्यलाई बहुपक्षीय योजनासँग तालमेल गरेर जानुपर्ने बताउँदै उत्पादन वृद्धि र मानवीय एवं भौतिक विकासलाई एकैसाथ अगाडि लानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ६ : ५१ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित