बढेन डोटीमा कृषि बीमा गर्नेको सङ्ख्या | Khabarhub Khabarhub

बढेन डोटीमा कृषि बीमा गर्नेको सङ्ख्या


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

डोटी – जलवायु परिवर्तनका कारण मौसममा आउने उतारचढावले गर्दा किसानले बर्सेनि क्षति बेहोर्नु परेको छ । कहिले सुक्खा तथा कहिले अत्यधिक वर्षा, असिना, बाढी, पहिरो, रोगव्याधिजस्ता जोखिमका कारण बालीनालीको क्षति हुने गरेको छ ।

यस्ता जोखिमलाई सम्बोधन गर्नका लागि कृषि बीमा कार्यक्रम लागू गरिएको छ । किसानलाई सुरक्षित अनुभूति गराउने तथा व्यावसायिक कृषितर्फ उन्मुख गराउने उद्देश्यले २०६९ मा ‘बाली तथा पशुपक्षी बीमा निर्देशिका–२०६९’ जारी गरी कृषि बीमा सुरु गरिएको थियो ।

बीमा कार्यक्रम लागू भएको लामो समय भइसक्दा पनि जिल्लाका किसानहरूमा यसप्रति आकर्षण बढेको देखिँदैन । नेपाल बीमा प्राधिकरण धनगढीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २३ जनाले कृषि (बाली) बीमा गरेका छन् । यस आर्थिक वर्षमा एकजनाले किवी र २२ जनाले सुन्तलाको बीमा गरेका छन् । उनीहरुले गरेको बीमाको रकम ७६ लाख ९६ हजार ९० रुपैयाँ ३७ पैसा बराबरको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा कृषि बीमा लेखको सङ्ख्या दश मात्रै रहेको थियो । दशओटा बीमालेखमा एकजना व्यक्तिले सुन्तला, एकजनाले आलु, दुईजनाले धान र बाँकी सहकारीहरूले विभिन्न अन्नबालीको बीमा गरेको पाइएको छ । यस वर्षको जम्मा बीमा रकम रु एक करोड ४५ लाख ७२ हजार बराबरको थियो । नेपाल बीमा प्राधिकरण धनगढीले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा कृषि ९बाली० बीमा गर्नेको सङ्ख्या शून्य रहेको छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड डोटी शाखाका इन्चार्ज आदित्य चन्दले जिल्लामा बाली बीमा गर्नेको सङ्ख्या न्यून रहेकाले किसान जागरुक हुनुपर्ने बताए। केही किसान बीमा गर्न चाहने भए पनि उनीहरूको आवश्यक प्रक्रिया पूरा नहुने गरेको उनको भनाइ छ । उनीका अनुसार बाली बीमा गर्न कम्तीमा दुई रोपनी जमिनमा खेती गरिएको हुनुपर्ने, जग्गाधनीपुर्जा हुनुपर्ने लगायत विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले किसानले बीमाको उपयोग गर्न नसक्नु दुःखद भएको बताए । बीमा गर्दा अपनाउनुपर्ने झन्झटिलो प्रक्रियाका कारण किसानले चाहेर पनि बीमा गर्न नसकिरहेको उनले बताए ।

उनले भने, “बीमा प्रक्रिया झन्झटिलो छ, कतै सरकारले तोकेको मापदण्ड पुग्दैन, कतै बीमा कम्पनीहरूले नै उच्च चासो राख्दैनन्, अर्कोतिर यहाँका बीमा कम्पनीहरूका आफ्ना प्राविधिक पनि छैनन् जसले गर्दा बीमा गर्न साह्रै समस्या हुने गरेको छ ।”

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ३० बजे

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार

राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै

काठमाडौं–  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आइतबारको बैठकमा सञ्चार

स्पेसएक्सले एक्सएआईमा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने

न्यूयोर्क– एलन मस्कको स्पेसएक्सले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्सएआईमा दुई