पाकिस्तानी मानव अधिकार आयोगका अध्यक्ष पक्राउ | Khabarhub Khabarhub

पाकिस्तानी मानव अधिकार आयोगका अध्यक्ष पक्राउ


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले आयोगका अध्यक्ष असद इकबाल बटलाई पक्राउ गरेको पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

चौतर्फी आलोचना पछि पक्राउ गरेकोे केही समयपछि उनलाई रिहा गरिएको थियो । प्रहरीले आफूलाई कुने ठोस कारणबिनै पक्राउ गरेको भन्दै बटले आपत्ति जनाएका छन् ।

प्रहरीले आफूलाई नियन्त्रणमा लिएर आफ्नो क्वेट्टा भ्रमणबारे जानकारी मागेको उनले जनाएका छन् । यद्यपि आफूले पछिल्ला ७ वर्षदेखि क्वेट्टाको भ्रमण गर्दै नगरेको उनको भनाइ छ ।

बलोचिस्तान प्रान्तको राजधानीसमेत रहेको क्वेट्टामा पछिल्लो समय स्वतन्त्र बलोचिस्तान समर्थक संगठनको गतिविधि बढ्दै गएको बताइन्छ । बलोचिस्तान राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पान्कले उनलाई पक्राउ गरिएको घटनाको निन्दा गरेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ३८ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून