आधा हातले कम्प्युटर चलाउने राई ओलीको सचिवालयमा पुनः नियुक्त « Khabarhub

आधा हातले कम्प्युटर चलाउने राई ओलीको सचिवालयमा पुनः नियुक्त


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फरक क्षमता भएका गणेश राईलाई सचिवालयमा पुनः नियुक्त गरेका छन् । आधा हातले कम्प्युटर चलाउन सक्ने क्षमता भएका राईलाई प्रधानमन्त्री ओलीले कम्प्युटर अपरेटरमा नियुक्त गरेका हुन् ।

एमालेका नेता विशाल भट्टराईका अनुसार यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले उनको फरक क्षमता देखेपछि सचिवालयमा जागिर दिएका थिए । दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर पाएका राईलाई ओलीले तेस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि सचिवालयमा काम गर्ने अवसर प्रदान गरेका हुन् ।

खोटाङ काहुले घर भएका राई जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन । उनको दुवै हातको कुहिनाभन्दा तलको भाग छैन ।

भट्टराईले ओली तेस्रो कार्यकाल प्रधामन्त्री भएपछि राईलाई खोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । ओलीले गणेश कतै नदेखेपछि खोटाङका नेतालाई सम्पर्क गर्न निर्देशन दिएको र त्यसै अनुसार खोटाङका नेतालाई सम्पर्क गरेर ओलीसँग राईको भेट गराएको भट्टराईले बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ५८ बजे

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल