भीमदत्तका दर्जन घर कटानको जोखिममा « Khabarhub

भीमदत्तका दर्जन घर कटानको जोखिममा


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर वरपर भ्वाङै भ्वाङै परेको छ । घरको केही भागको माटो कटान गरेर घर भत्किने जोखिम छ ।

गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्दले बताए । “अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो । त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ”, उनले बताए ।

बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नुपरेको उनको गुनासो छ । “तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ । तर हाम्रो पीडा कसैले सुनेन”, उनले भने, “पानी पर्दा कुन बेला घर तहसनहस पार्छ ? डराइडराइ बस्नुपर्ने बाध्यता छ ।”

भीमदत्त नगरपालिका–९ निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा छन् । कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ । “अस्थायी तटबन्ध निर्माण गर्ने केही राहत हुन्थ्यो । तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ”, स्थानीय मोहन नाथले भने, “आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन ।”

स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन् । “यहाँ खोला नदी केही छैन । कहिल्यै बाढी आएको थिएन । पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पु¥याएको हो,” तुम्णानीकी राजमतीदेवी विष्टले भने, “यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?”

उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समस्या भएको छ । बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवन सिंह धामीले बताए।

चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका–९ राम नाथले जानकारी दिए ।

भीमदत्त नगरपालिका–९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ ।

“कल्भर्ड भत्किएको छ । गाडी सञ्चालन गर्न सकिने अवस्था छैन”, नाथले भने, “कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।”

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : २९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर