पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना « Khabarhub

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ । ५ वर्षपछि भारतले लिबियामा राजदूतावास सञ्चालनमा ल्याएको हो ।

लिबियाको राष्ट्रिय एकता सरकारअन्तर्गतको विदेश मन्त्रालयले भारतले राजधानी त्रिपोलीमा राजदूतावास सञ्चालनमा ल्याएको जनाएको हो ।

भारतीय राजदूतावास पुनः सञ्चालनमा आएसँगै यसबाट दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने लिबियाली राष्ट्रिय एकता सरकारको विश्वास छ ।

राजदूतावासमा मुख्य सहचारीको जिम्मा डा। मोहम्मद अलीमलाई दिइएको छ । उनी यसअघि भारतीय विदेश मन्त्रालयको पश्चिम एशिया र उत्तर अफ्रिका विभागका उपसचिव रहेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुरक्षा अवस्था बिग्रिँदै जाँदा सन् २०१९ अप्रिलमा भारतले लिबियास्थित राजदूतावास बन्द गरेको थियो । त्यसयता ट्युनिशियामा रहेको भारतीय राजदूतावासले लिबिया हेर्दै आएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : ३६ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ