पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना | Khabarhub Khabarhub

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ । ५ वर्षपछि भारतले लिबियामा राजदूतावास सञ्चालनमा ल्याएको हो ।

लिबियाको राष्ट्रिय एकता सरकारअन्तर्गतको विदेश मन्त्रालयले भारतले राजधानी त्रिपोलीमा राजदूतावास सञ्चालनमा ल्याएको जनाएको हो ।

भारतीय राजदूतावास पुनः सञ्चालनमा आएसँगै यसबाट दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने लिबियाली राष्ट्रिय एकता सरकारको विश्वास छ ।

राजदूतावासमा मुख्य सहचारीको जिम्मा डा। मोहम्मद अलीमलाई दिइएको छ । उनी यसअघि भारतीय विदेश मन्त्रालयको पश्चिम एशिया र उत्तर अफ्रिका विभागका उपसचिव रहेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सुरक्षा अवस्था बिग्रिँदै जाँदा सन् २०१९ अप्रिलमा भारतले लिबियास्थित राजदूतावास बन्द गरेको थियो । त्यसयता ट्युनिशियामा रहेको भारतीय राजदूतावासले लिबिया हेर्दै आएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : ३६ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार