एक वर्षमा पाकिस्तानमा १४ पटक बढ्यो विद्युत् महशुल « Khabarhub

एक वर्षमा पाकिस्तानमा १४ पटक बढ्यो विद्युत् महशुल


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा एक वर्षको अवधिमा विद्युत् महशुल १४ पटक वृद्धि भएको पाइएको छ ।

पाकिस्तानको एआरवाई न्यूजका अनुसार सन् २०२३ जुलाईदेखि यसै वर्षको अगस्ट महिनासम्म विद्युत् महशुल १४ पटक वृद्धि भएको छ ।

पाकिस्तान पछिल्लो समय खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । १४ पटक विद्युत् महशुल बढ्दा त्यसबाट विद्युत प्रयोगकर्तालाई पारिवारिक खर्च व्यवस्थापन गर्न कठिन भएको छ ।

हालै विद्युत् महशुल कसले तिर्ने विवादका क्रममा गुर्जनवाला क्षेत्रमा एक जनाले आफ्नै भाइको हत्या गरेको समाचार सार्वजनिक भएको थियो ।

विद्युत् महशुलबापत बाँकी रहेको ३० हजार रुपैयाँ कसले तिर्ने भन्ने विषयमा विवाद बढ्दै गएपछि एक जनाले छुरा धसेर भाइको हत्या गरेको एआरवाईले उल्लेख गरेको छ ।

महशुल बढ्दा प्रयोगकर्तालाई ४५ करोड ५० लाख पाकिस्तानी रुपैयाँको भार थपिएको एआरवाई न्युजले जनाएको छ ।

हालै पाकिस्तानको राष्ट्रिय विद्युत ऊर्जा नियामक प्राधिकरणले विद्युत कर २.५६ प्रतियुनिट वृद्धि गरेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ४५ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं–  पूर्वरथी बालानन्द शर्मा आज मन्त्री नियुक्त हुँदैछन् । उनलाई

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)