पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू) « Khabarhub

पाटनको कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लिलतपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै दर्शनार्थीको घुइँचो लागेको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर तर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् ।

 

 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ५७ बजे

नेवार समुदायमा योमरी पुन्हीको महिमा

काठमाडौं – नेवार समुदायको परम्परागत संस्कृतिमा योमरी पुन्ही एक विशेष

दूध पिउन जाने अमृत, नजाने विष : डा. ओम मूर्ति

हाम्रो भान्सामा दैनिक प्रयोग हुने दूध स्वास्थ्यका लागि कति फाइदाजनक

होटलको छतबाट खसेर किशोरीको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको

कांग्रेसले बहालवाला नेतालाई राष्ट्रियसभा र प्रदेशसभामा उम्मेदवार नबनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई

‘विविधता भित्रको राष्ट्रिय एकता नै नेपाली हुनुको पहिचान हो’

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू