हिजबुल्लाहको प्रभावले रन्थनिएको लेबनान | Khabarhub Khabarhub

हिजबुल्लाहको प्रभावले रन्थनिएको लेबनान


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

इजरायली सेनाकै दाबी अनुसार हिजबुल्लाहले उनीहरूको भूमिमा सैन्य आक्रमणको तयारी तीव्र बनाएको थियो। हजारौँ रकेट प्रक्षेपण यानलाई इजरायली जेटले ध्वस्त पारेको समेत सेनाले जनाएको छ। हिजबुल्लाहको दाबी भने फरक छ। उनीहरूको दाबी अनुसार गत महिना आफ्ना प्रमुख नेता मारिएपछि इजरायलमा सयौँ रकेट र ड्रोन आक्रमण गरिएको थियो।

आफूहरूको हतियारलाई निस्तेज पारिएको इजरायली दाबीलाई हिजबुल्लाहले अस्वीकार गरेको छ। लगातार १० महिना इजरायल र लेबनानको सीमामा जनजीवन त्रासदीय बनाउने गरी भएको विस्फोट र गोली प्रहारको घटनाको यो नै पछिल्लो र विकसित रूप हो।

लगातार १० महिना इजरायल र लेबनानको सीमामा जनजीवन त्रासदीय बनाउने गरी भएको विस्फोट र गोली प्रहारको घटनाको यो नै पछिल्लो र विकसित रूप हो।

हिजबुल्लाह सिया मुस्लिम सङ्गठन हो। यसको धेरै क्षेत्रमा प्रभाव छ। राजनीतिक रूपमा लेबनानमा हिजबुल्लाहको विशेष पकड नै छ। इजरायलको विरोधी कित्ताको रूपमा सन् १९८० मा सिया मुस्लिमको अत्यन्त प्रभाव रहेको इरानमा सो सङ्गठनको स्थापना भएको थियो। गृह युद्धको समयमा हिजबुल्लाहले दक्षिणी लेबनान कब्जामा नै लिएको थियो।

सन् १९९९२ मा राजनीतिमा सरिक हुँदै हिजबुल्लाहले राजनीतिमा महत्त्वपूर्ण उपस्थिति जनाएको थियो। लेबनानमा अमेरिकी र इजरायली सेनामाथि यिनीहरूले लगातार आक्रमण गरेका थिए।

सन् २००० मा लेबनानबाट इजरायली सेना हट्नुमा हिजबुल्लाहलाई नै मुख्य कारण मानिन्छ।

त्यसपछि नै दक्षिणी लेबनानमा हिजबुल्लाहको ठुलो आक्रमण केन्द्रित थियो। सीमामा इजरायली सेनाको उपस्थितिको विरुद्धमा यो सैन्य शक्ति सधैँ रहेको थियो। पश्चिमा शक्ति, इजरायल, खाडी राष्ट्र र अन्य देशले उसलाई आतङ्कवादी शक्ति ठहर गरेका हुन्।

सन् २००६ मा हिजबुल्लाह र इजरायलले पूर्ण शक्ति लगातार युद्ध नै सुरु गरेका हुन्। दक्षिणी लेबनानमा इजरायलले लगातार हिजबुल्लाह माथि आक्रमण गरे पनि सशक्त हतियारका कारण सो समूह आफ्नो अस्तित्व जोगाउन सफल भइरहेको छ।

सिया समुदायका धर्मगुरु हसन नसराल्लहले सन् १९९२ देखि हिजबुल्लाहको नेतृत्व गरीरहेका छन्। सो शक्तिलाई राजनीतिक र सैन्य परिणत गर्न उनको ठुलो भूमिका छ। उनको इरान र त्यहाँका सर्वोच्च नेता आयोतल्लाह खोमिनीसँग अत्यन्त निकट सम्बन्ध थियो। उनी इजरायली आक्रमणको डरले सार्वजनिक भएका छैनन्। तथापि, टेलिभिजनमार्फत हरेक साता आफ्नो मन्तव्य राखिरहेका हुन्छन्।

हिजबुल्लाह संसार कै राज्य बाहेकको ठुलो र शक्तिशाली सैन्य सङ्गठन मध्येको हो। हसन नसराल्लहको दाबी अनुसार अहिले एक लाख सेना छ। स्वतन्त्र व्यक्तिको दाबी अनुसार २० हजारदेखि ५० हजार सेना छ। यी सेना प्रशिक्षित छन्। सिरियाको युद्धमा संलग्न हुने हरू नै अधिक छन्।

सेन्टर फरक स्ट्राटेजी एन्ड इन्टरनेसनल स्टडिजको थिङ्क ट्याङ्कले एक लाख २० हजारदेखि दुई लाख रकेट र मिसाइल रहेको अनुमान गरेको छ। यसका आर्सनल सानो फराकिलो स्थानमा राखिएको छ। गाजामा युद्ध लडिरहेको अर्को सङ्गठन हमासको तुलनामा यो अत्यन्त व्यवस्थित छ।

यसअघि नै इजरायलको विरुद्धमा छिटपुट आक्रमण गरेको हिजबुल्लाहले पनि ८ अक्टोबरदेखि सीमामा गतिविधि अझ बढाएको हो। ८ अक्टोबरकै दिन हमासले गाजामा आक्रमण गरिसकेपछि हिजबुल्लाहले पनि केही इजरायली क्षेत्रमा आक्रमण गरेको थियो। त्यसयता गोलान हाइट र उत्तरी इजरायलमा हिजबुल्लाहले आठ हजार भन्दा बढी रकेट प्रहार गरिसकेको छ।

त्यसको प्रति उत्तरमा इजरायली डिफेन्स फोर्स ( आइडिएफ) ले पनि लेबनानमा हिजबुल्लाहको विरुद्धमा हवाई आक्रमण र ट्याक आक्रमण गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको १० महिनामा ५६० जना मारिएका छन्। तीमध्ये धेरै जसो हिजबुल्लाह लडाकु थिए। मन्त्रालयले जनाए अनुसार १३३ जना सर्वसाधारण थिए। दुवै तर्फको सीमामा गरेर दुई लाख जना विस्थापित भएका छन्। दुवै पक्षले एक आपसको डरले पुरै शक्तिको युद्धको घोषणा भने गरेका छैनन्। यसो भएमा अझै ठुलो क्षतिको अनुमान गरिएको छ।

३० जुलाइमा हिजबुल्लाहका वरिष्ठ नेता फाउद सुख्रत बेरुतको दक्षिणी क्षेत्रमा मारिएको इजरायलले जनाएको थियो। त्यसको एक दिनपछि हमासका राजनीतिक नेता इस्माइल हानिये इरानको राजधानी तेहरानमा मारिए। इजरायलले यसको जिम्मेवारी लिएको छैन र अस्वीकार पनि गरेको छैन।

२७ जुलाइमा इजरायल नियन्त्रित गोलन हाइटमा आक्रमण हुँदा १२ बालबालिकाको मृत्यु भएको थियो। इजरायलले यसको आरोप हिजबुल्लाहलाई लगाए पनि हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ। ३० जुलाइका दिन हिजबुल्लाहका वरिष्ठ नेता फाउद सुख्रत बेरुतको दक्षिणी क्षेत्रमा मारिएको इजरायलले जनाएको थियो। त्यसको एक दिनपछि हमासका राजनीतिक नेता इस्माइल हानिये इरानको राजधानी तेहरानमा मारिएका थिए। इजरायलले यसको जिम्मेवारी पनि लिएको छैन र अस्वीकार पनि गरेको छैन।

अहिले यो क्षेत्र हमास र हिजबुल्लाहले छेडेको युद्धले आक्रान्त छ। अमेरिकाले अझै युद्ध विरामको प्रयास गरेको छ। इजरायल र हिजबुल्लाह दुवैलाई दबाब दिएर अमेरिकाले नै त्यस क्षेत्रमा शान्ति स्थापना पनि गर्नसक्छ।

आइतबार दुवै पक्षमा ठुलो झडप भएको थियो। इजरायलले एक सय फाइटर जेटले आक्रमण गरेको दाबी सही भए यो सन् २००६ पछिको सबै भन्दा ठुलो आक्रमण समेत हो।

इजरायली दाबी अनुसार त्यसको केही समयपछि नै तेलअभिभमा आक्रमणको योजना हिजबुल्लाहले बनाएको हो।

त्यसै दिन इजरायलमा पनि आक्रमण गरेको दाबी गर्ने हजिहुल्लाहले सेख फ्रुत मारिएपछि त्यसको पहिलो प्रतिकार भएको जनाएको छ।

इजरायली सेनाले केही समयका लागि दुवै क्षेत्रमा युद्ध विराम गर्न सहमति जनाइसकेको छ। उसको दाबी अनुसार हमासले नै सर्त अनुसार काम नगरेको हो।

अहिले त्यहाँको अवस्था खराब भएका कारण यसमा सचेत हुनुपर्ने इजरायलले पनि नबताएको होइन। दुवै पक्ष युद्ध विरामको पक्षमा छन् तथापि एक अर्कोलाई आरोप लगाउँदै युद्धलाई निरन्तरता दिइरहेका छन्।

हिजबुल्लाहले यसलाई पहिलो प्रत्याक्रमण भन्नुको मतलब यसले निरन्तरता पाउने सम्भावना पनि हो। लेबनानमा हुनसक्ने दैनिक आक्रमणले सन् २००६ को अवस्थामा फर्कने सम्भावना पनि नभएको होइन। स्रोतः बिबिसी

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ९ : ३८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन