अदालतको आदेशमा भ्रम नछर्नू : बालेन « Khabarhub

अदालतको आदेशमा भ्रम नछर्नू : बालेन


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर जनतामाझ भ्रम नछर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरेर पार्टीका नेता कार्यकर्ताहरूले जनता माझ भ्रम नछरिदिन भनेका छन् ।

उनले लेखेका छन्, ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन, आफ्नो कान छाम्ने हो ।’

उनले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर टुकुचाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई  सूचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ । त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्ने छ ।’

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ११ : ५० बजे

वीरगञ्जको बीपी उद्यान अतिक्रमण गर्ने व्यवसायीलाई हटाइयो

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई