गगन र विश्वप्रकाशको प्रतिवेदनले अप्ठेरो, मध्यमार्गी बाटो खोज्दै देउवा | Khabarhub Khabarhub

गगन र विश्वप्रकाशको प्रतिवेदनले अप्ठेरो, मध्यमार्गी बाटो खोज्दै देउवा


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०८० फागुनमा ललितपुरको गोदावदरीमा भएको महासमिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमा मध्यमार्गी विकल्पको खोजीमा लागेका छन् ।

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरुले पक्ष र विपक्षमा धारणा राखेपछि महामन्त्रीद्वयका प्रतिवेदनहरुमा मध्यमार्गी बाटोको खोजीका लागि देउवाले पहल थालेका हुन् ।

सभापति देउवाले महासमिति बैठकमा पेस भएका प्रतिवेदनबारे छलफल गर्न महामन्त्रीद्वय थापा र शर्मासँग छुट्टै बैठकको तयारी गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार महामन्त्रीद्वयलाई देउवाले छलफलका लागि मंगलबार ११ बजे बूढानीलकण्ठ बोलाएका छन् ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी केन्द्रीय कार्यसमिति बैठकबाट गरिने निर्णयबारे छलफल गर्न सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई बूढानीलकण्ठ बोलाएको बताए ।

‘पर्सी केन्द्रीय कार्यसमिति बैठक छ । बैठकमा निर्णयहरू लेख्नुपर्छ । अनि के–के कुरा मिलाउने भनेर महामन्त्रीद्वयसँग सल्लाह गर्न सभापतिले बोलाउनुभएको हो,’ महामन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाउनुको कारणबारे उनले खबरहबलाई भने ।

साउन २३ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठकमा महासमितिमा पेस प्रतिवेदनहरू पारित गर्नेलगायत विभिन्न ११ एजेन्डामा छलफल हुँदै आएको छ । अहिलेसम्म बैठकमा पार्टीका पूर्वपदाधिकारी र पदाधिकारीबाहेकले आफ्नो धारणा राखिसकेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भदौ १२ गते फेरि बस्नेछ । महासमितिले पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाकेर महासमितिमा उठेका विषयहरू समेट्दै पार्टीको नीति बनाउने भनेको थियो ।

महासमिति बैठकमा महामन्त्री शर्माले पार्टीका नेता तथा सांसदहरू नियमन गर्ने प्रस्ताव राखेका थिए । उनले प्रस्तुत गरेको समसामयिक राजनीति प्रस्तावमा एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने उल्लेख थियो ।

शर्माले एक कार्यकाल राष्ट्रपति, दुई कार्यकाल प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटक बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने प्रतिवेदनमा उल्लेख गरेका थिए । उनको प्रस्तावका कारण धेरै नेताहरूलाई समस्या हुने अवस्था छ ।

महामन्त्री थापाले महासमिति बैठकमा सांगठनिक प्रतिवेदन पेस गरेका थिए । थापाले ०८२ मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेका थिए । यस्तै थापाले कुनै पनि तहका निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव ल्याएका थिए । महामन्त्री थापा चुनावपछि राष्ट्रिय आवश्यकताका आधारमा सरकार गठनका लागि गठबन्धन गर्न सकिने पक्षमा उभिएका थिए ।

महासमिति बैठकको समापन समारोहमा सभापति देउवाले बैठकका क्रममा उठेका विषयहरुमाथि केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर दस्तावेजहरु परिमार्जन गरिने बताएका थिए । ‘साथीहरूले उठाएका कुरा हामी केन्द्रीय समितिमा व्यापक छलफल गरेर परिमार्जन गर्नेछौँ,’ उनको भनाइ थियो ।

ललितपुरको गोदावरीमा ०८० फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठकले चैत महिनाभित्रै केन्द्रीय कार्यसमिति बैठक डाकेर महासमितिमा उठेका विषय समेट्दै पार्टीको नीति बनाउने भनेको थियो । तर, महासमिति बैठक सम्पन्न भएको पाँच महिनापछि मात्रै कांग्रेसले केन्द्रीय समिति बैठक डाकेर छलफल अघि बढाएको छ ।

कांग्रेसले ०८० चैत दोस्रो साता केन्द्रीय कार्यसमिति बैठक राखेर महासमिति बैठकमा पारित भएका दस्तावेजबारे छलफल गर्ने तयारी गरेको थियो । तर, फागुन २१ मा नेकपा माओवादी केन्द्रसँगको समीकरण भत्किएर सत्ता गुमेपछि कांग्रेसको ध्यान महासमितिको ‘म्यान्डेट’ बाट अन्यत्र गएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  २ : १८ बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले