गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी | Khabarhub Khabarhub

गौरा पर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिकमञ्चमा सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भएको छ ।

गौरा पर्व मनाउने सुदूरपश्चिमका काठमाडौंबासीलाई शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै पुगेका ओलीविरुद्ध युवाहरूको समूहले अमर्यादित गालीगलौजसहित नाराबाजी गरेको हो ।

‘केपी ..रो पाराले, दु:ख पाए साराले, केपी …र, देश छोड’ जस्ता अमर्यादित नाराबाजी युवाहरूले गरेका हुन् ।

मञ्चमा कांग्रेस सभापति देउवासँगै रहेका ओलीविरुद्ध चर्को नाराबाजी र हुटिङ भइरहँदा आयोजकले शान्त बनाउने कोसिस गरेका थिए । तर अराजक शैलीमा युवाहरूले अश्लील शब्दसहित गौरा पर्व कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् ।


त्यसक्रममा प्रधानमन्त्री ओलीले उक्त नाराबाजीप्रति असन्तुष्टि जनाए । उनले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण रहेको उल्लेख गरे । ‘नेपालीको परिचय मेलमिलाप हो । तर कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको छ’, उनले भने ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथिका रुपमा पुगेका थिए ।

गौरापर्वको सन्दर्भमा अतिथि बन्न पुगेका ओलीविरुद्ध दर्शकदीर्घाबाट स्वागतको सट्टा अपमानको वर्षा भएपछि आयोजकले पनि चित्त दुखाएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ४ : २८ बजे

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति हुँदै

गलकोट – विश्व बैंकको अनुदान सहयोगमा यहाँका तीन सडक तीव्र

हेड चम्केपछि इंग्ल्यान्डमाथि अस्ट्रेलियाको शानदार जित

इंग्ल्यान्ड – विश्व क्रिकेटमा इंग्ल्यान्डको नयाँ युग खराब ढङ्गले चलेको

सम्पदा घिमिरे बनिन् मिस युनिभर्स (१२ तस्बिर)

ललितपुर- मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले हात

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला – पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। गएरातिको

मृत छोरा चुनावी मुद्दा बनेपछि बुवाको आक्रोश- गलत कार्य तत्काल बन्द गर्नुपर्छ

न्युयोर्क – एक वर्ष अघिको अगस्टमा बस दुर्घटनामा मारिएका एक