ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा « Khabarhub

ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज अपराह्‍न काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्  ।

उनी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा यही भदौ १० र ११ गते नेपाल भ्रमणमा आएका हुन् । भ्रमणका दौरान दुवै देशका विदेश मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नेछन्। उनी भोलि भदौ ११ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ०९ बजे

एमाले केन्द्रीय कमिटी बैठक भृकुटीमण्डलमा

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा सुरु भएको

वीरगञ्जको बीपी उद्यान अतिक्रमण गर्ने व्यवसायीलाई हटाइयो

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय