सहकारी ठगी : जेलका १९ सहित ५० जनासँग बयान, चोखिन खोजे ठूलाबडा र पहुँचवाला | Khabarhub Khabarhub

सहकारी ठगी : जेलका १९ सहित ५० जनासँग बयान, चोखिन खोजे ठूलाबडा र पहुँचवाला

फरार सूचीका जीबी र राधेसहितलाई विदेशबाट ल्याउने चुनौती



काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले भीआईपीसहित ५० जनासँग बयान लिएको छ । समितिले २५ साउनबाट बयान सुरु गरेको थियो ।

भदौ ७ गतेसम्म ५० जनाको बयान सकिएको सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए । समितिले सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछाने एक्लैसँग ५१ वटा प्रश्न गरेका थियो ।

समितिको बयानको दायरमा पूर्वराजपरिवारका सदस्यसमेत तानिए । पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग पनि समितिले सिंहदरबारमा बयान लियो । उनी ललितपुरस्थित सुमेरु सहकारीका सेयर सदस्य हुन् ।

विशेष समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा जिम्मेवार अध्यक्ष, पदाधिकारी, सञ्चालकहरू र सेयर सदस्यसँग सोधपुछ गरिएको हो ।

समितिले सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार देशका विभिन्न जेलमा रहेका १९ जना अभियुक्तलाई सिंहदरबारमै झिकाएर बयान लिएको छ । त्यस्तै अदालतबाट धरौटीमा छुटेकासहित जेल बाहिरका ३१ जनालाई पनि समितिले बयानमा बोलाएको थियो ।

तीमध्ये जेलमा भएको सहकारीका सञ्चालक तथा कर्मचारीहरूले अनौठो तर्क गरेका छन् । उनीहरूले जेलबाट रिहा गरिदिए जग्गा र अरु सम्पत्ति बेचेर भए पनि सहकारीको बचत फिर्ता गर्ने दाबी गरे ।

तर केही सञ्चालक समिति सदस्य तथा कर्मचारीले सहकारीको बचत हिनामिना नगरेको बयान दिएका छन् । उनीहरूले सञ्चालकका कारण परिबन्दमा परेको बताएका छन् ।

विशेषगरी गितेन्द्रबाबु राई (जीबी) सञ्चालक रहेका सहकारी संस्थाका सदस्य र कर्मचारीले बचत हिनामिनामा आफ्नो बचाउ गर्दै फसाएको बयान दिएका छन् ।

तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा (चन्द्रबहादुर तामाङ), आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती केबीले जेलमुक्त गरे सहकारीको बचत फिर्ता गर्ने बताए ।

यस्तै, सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्था अध्यक्ष इच्छाराज तामाङले सहकारी सही ढंगले चलाए पनि कोरोना भाइरस महामारीका कारण डुबेको जिकिर गरे। उनले जेलबाट निस्किएपछि बाँकी सम्पत्ति बेचेर सहकारीको बचत फिर्ता गर्ने बताए ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, गोर्खा मिडिया नेट्वर्क प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डीआईजी छविलाल जोशी र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे) लगायतले भने सहकारीको एक रुपैयाँ हिनामिना नगरेको बयान दिए । यस्तो बयान दिने अधिकांश भीआईपी र उच्च पहुँचवाला व्यक्ति छन् ।

उनीहरू सबैले हाल मलेसियामा रहेका भनिएका जीबी राईलाई सरकारले झिकाउन सकेमा सहकारीमा अहिले देखिएको आधा समस्या हाल हुने तर्क पनि गरेका छन् ।

समितिका सभापति सूर्यबहादुर थापाका अनुसार १९ जनालाई विभिन्न जेलबाट निकालेर बयानका लागि सिंहदरबारसम्म ल्याइएको थियो ।

जेलबाट तानिएका १९ जना

१.तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, केदारनाथ शर्मा– नख्खु जेल

२.शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कौशलटार भक्तपुरका शेयर सदस्य तथा ऋणी, गीता शर्मा–
केन्द्रीय कारागार, जगन्नाथ देवल

३.नागरिक विकास सहकारी संस्थाका अध्यक्ष, नुनम सुब्बा–नख्खु जेल

४. पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा (चन्द्रबहादुर तामाङ)– केन्द्रीय कारागार, जगन्नाथ देवल

५.आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर उप्रेती (केबी)–डिल्लीबजार कारागार

६.सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष, इच्छाराज तामाङ– डिल्लीबजार कारागार

७. कान्तिपुर सेभिङस एण्ड क्रेडिट कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष, हिमालयविक्रम मल्ल ठकुरी– डिल्लीबजार कारागार

८.सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका सचिव तथा गोर्खा मिडिया नेट्वर्क प्रालिका सञ्चालक कुमार रम्तेल–कास्की कारागार

९. सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक शिवकुमार गुरुङ (महेन्द्र भोटे)– कास्की कारागार

१०.सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्व सञ्चालक तथा सफ्टवेयर डेभलोपर भविश्वर अर्याल–कास्की कारागार

११. प्राइम बहुउद्देश्यीय सहकारी संस्था, पोखराका अध्यक्ष, शंकर कार्की–कास्की कारागार

१२. प्राइम बहुउद्देश्यीय सहकारी संस्था प्रमुख कार्यकारी अधिकृत सीईओ, सुरेन्द्रमणि पौडेल– कास्की कारागार

१३. बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धिदाता बहुउद्देश्यीय सहकारी संस्था, ललितपुरका अध्यक्ष, अजय श्रेष्ठ–कास्की कारागार

१४. मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, पोखराका अध्यक्ष, रमण पौडेल–कास्की कारागार

१५.सुप्रिम बचत तथा ऋण सहकारी संस्था, बुटवलका अध्यक्ष, ओमप्रकाश गुरुङ–भैरहवा कारागार

१६.देउराली बहुउद्देश्यीय सहकारी संस्था, सातदोबाटो, ललितपुरका अध्यक्ष, रवीन्द्र चौलागाईं–नख्खु कारागार

१७. कल्याण उपकार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड मानभवन, ललितपुरका अध्यक्ष, लीलाबहादुर गुरुङ (एलबी)– नख्खु कारागार

१८. कृषि विकास बहुउद्देश्यीय, कुमारीपाटी, ललितपुर र कृषि विकास बचत तथा ऋण सहकारी संस्था, गट्ठाघर, भक्तपुरका अध्यक्ष, तेजविक्रम थापा–नख्खु जेल

१९. आर्जन बचत तथा ऋण सहकारी संस्था, सामाखुसी चोकका अध्यक्ष, दलबहादुर आले–केन्द्रीय कारागार

यी हुन् सोधपुछमा तानिएका ३१ जना

१.गोर्खा मिडिया नेट्वर्क प्रालिका पूर्वसञ्चालक एवम् प्रबन्ध निर्देशक हाल प्रतिनिधिसभाका सदस्य रवि लामिछाने ।

२.गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशी ।

३.स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ ।

४.डम्बरबहादुर तामाङ (डीबी बमजन) पूर्वअध्यक्ष, गोर्खा बचत तथा ऋण सहकारी संस्था, ललितपुर ।

५. इमानसिंह राई अध्यक्ष, गोर्खा बचत तथा ऋण सहकारी संस्था, ललितपुर ।

६.सुरेन्द्र भण्डारी सचिव, कार्यकारी प्रमुख, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, पुलचोक, ललितपुर ।

७. रामबहादुर गौतम गौतम, श्री बहुउद्देश्यीय सहकारी संस्था ।

८. सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोकका पूर्वअध्यक्ष, हेमराज दाहाल ।

९. सुमेरु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, कृष्णप्रसाद कँडेल ।

१०. सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोकका प्रस्तावित अध्यक्ष, वीरेन्द्र महर्जन ।

११. सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुलचोकका शेयर सदस्य राजबहादुर सिंह ।

१२. सुप्रिम बचत तथा ऋण सहकारी बुटवलकी क्यासियर रोशनी गुरुङ (उनी २०८० वैशाखमा २ लाख धरौटी बुझाएर रुपन्देही जिल्ला अदालतको आदेशमा छुटेकी थिइन ।)

१३.ओरियन्टल,प्यासिफिक सेभिङ, कोहिनुर हिल, कन्जुमर र भेगास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मुख्य सञ्चालक सुधीर बस्नेत ।

१४.सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव दीपेशकुमार पुन ।

१५. छिपछिपे, नवलपरासी सुस्तापूर्व, सनराइज, चितवन र नमस्ते बर्दिया लगायत सञ्चालक तथा अध्यक्ष नागेन्द्रबहादुर रिमाल ।

१६.बराह बचत तथा ऋण सहकारी संस्था धरानका अध्यक्ष मानबहादुर विश्वकर्मा ।

१७. कृषि बहुउद्देश्यीय सहकारी संस्था बालुवाटार, काठमाडौंका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ ।

१८.ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव लगायत अन्य ८ वटा सहकारी संस्थाहरूसँग आबद्ध मधुसूदन पाठक (सिते बा) ।

१९.गोर्खा मिडिया नेटवर्क प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालक, तथा रास्वपा सह–महामन्त्री विपिनकुमार आचार्य ।

२०.स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट, पुतलीसडकका अध्यक्ष तथा स्टाण्डर्ड मल्टीप्रपोज, जावलाखेल, चार्टर्ड सेभिङ एण्ड क्रेडिट, न्यु प्लाजा, कुबेर सेभिङ एण्ड क्रेडिट, महाराजगन्ज र प्रभु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, न्युरोडमा आबद्ध खेमराज निरौला ।

२१.दर्शन बचत तथा ऋण सहकारी संस्था, कीर्तिपुरका अध्यक्ष दिनेश दर्शनधारी ।

२२. सुमेरु बचत तथा ऋण सहकारी संस्था, कालीमाटीका कोषाध्यक्ष एवम् सुमेरु पुलचोकका लेखा प्रमुख रामकृष्ण अवाले ।

२३. लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था असन, काठमाडौंका अध्यक्ष निलम्बित मीनकृष्ण श्रेष्ठ ।

२४.कुमारी सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ चाबहिल, काठमाडौंका अध्यक्ष सूर्यध्वज न्यौपाने ।

२५.क्यापिटल सेभिङ्स एण्ड क्रेडिट कोअपरेटिभ क्षेत्रपाटी, काठमाडौंका अध्यक्ष रामचन्द्र शर्मा ।

२६.नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, मध्यबानेश्वर, काठमाडौंका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराई ।

२७. हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सूर्यविनायक–५, भक्तपुरका अध्यक्ष विज्ञान राई ।

२८.तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवम् हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेल पुरुष ।

२९. लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर तामाङ ।

३०. सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डे मोरङ ।

३१. मितेरी बचत तथा ऋण सहकारी संस्था, ललितपुरका अध्यक्ष कुम्मराज गुरुङ ।

समितिले सोधपुछ गर्ने नामावलीको सूचीमा सुरुमा फरार जीबी राईबाहेक २६ जनाको नामावली तयार पारेको थियो । त्यो नामावलीका २६ मध्ये समितिले राधे यादवबाहेक अन्य सबैसँग सोधपुछ गरेको छ ।

यादव भागेर भारत पसेका कारण समितिले सोधपुछ गर्न नपाएको हो । उनको पनि खोजी भइरहेको छ । यादव सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बयानमा तानिएका थिए ।

सोधपुछका लागि समिति तयार गरेको २६ जनाको सूची

यस्तै, सोधपुछका क्रममा तानिएका २५ थप आरोपित गरी ५० जनासँग बयान लिएको समितिले जनाएको छ ।

समितिले समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २९ वटा सहकारी संस्थाहरूको सूची बनाएर सोधपुछ सुरु गरेको थियो ।

यी हुन् छानबिनमा तानिएका सहकारी

अनुसूची १ मा राखिएका समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था :

१. ओरेन्टल को–अपरेटिभ लिमिटेड

२. स्ट्याण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ

३. प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ

४. प्रभु बचत तथा ऋण सहकारी संस्था

५. कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ

६. कन्जुमर बचत तथा ऋण सहकारी संस्था

७. कुवेर बचत तथा ऋण सहकारी संस्था

८. चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ

९. भेगास बचत तथा ऋण सहकारी संस्था

१०. स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड

११. सोसाइटल बचत तथा ऋण सहकारी संस्था

१२. लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था

१३. पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड

१४. शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

१५. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड

१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड

१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

१८. कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

१९. लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था

२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूची २ मा राखिएका राखिएका समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्था :

१. आइडियल यमुना बहुउद्देश्यी संस्था

२. इमेज बचत तथा ऋण सहकारी संस्था लि

३. सहारा बचत तथा ऋण सहकारी,

४. समानता वचत तथा ऋण सहकारी

५. सानो पाइला वचत तथा ऋण सहकारी

६. सुप्रिम बचत तथा ऋण सहकारी,

७. सूर्यदर्शन बचत तथा ऋण सहकारी,

८. सुमेरू बचत तथा ऋण सहकारी

९. स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी

याे पनि हेर्नुहाेस् :

सहकारीमा गगन–रवि वाकयुद्ध : ४ नम्बर बुँदाले गर्‍यो संकटमोचन

सबैले बोले, आफूलाई जोगाउँदै जीबी राईलाई पोले

जीबीलाई पनि पोलेनन् विपिनले, अब छवि र रविलाई बयानमा तान्दै संसदीय समिति

 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ७ : ५२ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन