जनसङ्गीतिज्ञ पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान’ प्रदान « Khabarhub

जनसङ्गीतिज्ञ पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान’ प्रदान


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान– २०८१’ प्रदान गरेका छन् ।

जेबी टुहुरे फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले दिवङ्गत पाख्रिनकी पत्नी सुकमायालाई उक्त सम्मान प्रदान गरे । सो सम्मानको राशि रु एक लाख रहेको छ ।

पाख्रिनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आजीवन प्रगतिशील गीत, सङ्गीत गायन तथा नृत्य एवं गीतिनाटकमार्फत नेपाली समाजका शोषित–पीडित वर्गमा चेतना जागृत गराउन पु¥याएको योगदानस्वरूप सम्मान गरिएको फाउन्डेशनका निर्भिक टुहुरेले जानकारी दिए ।

गोरखाको अजिरकोट गाउँपालिकामा विस २००९ कात्तिक ११ गते जन्मनुभएका पाख्रिनले चितवनको नारायणी कला मन्दिरबाट प्रारम्भिक कलायात्रा सुरु गरेका थिए । विसं २०३५/०३६ देखि जनवादी गीत रचना गर्ने, सङ्गीत भर्ने, गाउने, नृत्य सिकाउने र गीतिनाटकसमेत रचनामा समर्पित उहाँका ‘कालो वनको बीचैमा’, ‘गैती बेल्चा उचालेर’, ‘युवाहरु हो’ जस्ता गीत अत्यन्तै लोकप्रिय छन् ।

चार वटा गीति पुस्तिकासमेत प्रकाशन गर्नुभएका पाख्रिनले प्रतिरोध सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारको नेतृत्वसमेत गरेका थिए । विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यका रूपमा उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ३८ बजे

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले