हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउनुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना ल्याउनुपर्छ : प्रधानमन्त्री ओली


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्म रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनका कारण नेपालका हिमाल पग्लिएको बताएका हुन्।

समृद्री सतह वृद्धिका कारणबारे चर्चा गर्दै उनले एसियाका दुई तिहाइ हिमालहरू पग्लिएसँगै कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास हुनुपर्नेमा जोड दिए।

“हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रणमा हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न लागौँ। उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्छ”, उनले भने,“ आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु।”

यसैबीच प्रधानमन्त्री ओलीले गएराति नै राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई सम्बोधन गरेका छन्। उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उनले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्नेमा जोडदार माग गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपालमा हुने सगरमाथा संवादमा सहभागी हुन फोरमका सदस्य राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई निमन्त्रणा पनि दिएका छन्।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ४ : ५१ बजे

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा

इराकबाट अमेरिकी सेना फिर्ता हुँदै

बगदाद- एक दशकभन्दा बढी समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य