हिजबुल्लाहको शक्तिले मध्यपूर्वमा ल्याएको संकट | Khabarhub Khabarhub

हिजबुल्लाहको शक्तिले मध्यपूर्वमा ल्याएको संकट


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

इजरायलले एकै पटक इजिप्टमा सन् १९६७ को जुन महिनामा आक्रमण गरेको थियो। त्यो समय इजरायलले पहिलो आक्रमणमानै इजिप्टको हवाई सैन्य शक्तिलाई तहसनहस पारेको थियो। त्यसको ६ दिनमा इजरायलले इजिप्ट, सिरिया र जोर्डनलाई हराएको थियो। यो जितका साथ अहिले विवादमा रहेका वेस्ट बैङ्कसहितको पूर्वी जेरुसेलम, गाजा स्ट्रिप र गोलान हाइट इजरायलले पाएको थियो।

झट्ट हेर्दा पछिल्लो साता इजरायल धेरै हाबी भएको छ। लेबनानमा धेरै क्षति भइसकेको छ। तर यस पटकको लडाइँ त्यस्तो होइन। पेजर र वाकिटकी विस्फोटबाट सुरु भएको आक्रमण बढ्दै गएर ५९२ भन्दा बढीको ज्यान गइसकेको छ। यसरी ज्यान गुमाउनेमा सेना मात्र छैनन्, सर्वसाधारण पनि छन्। घाइतेको सङ्ख्या सयौं भएको अनुमान गरिएको छ। हजारौं मानिस विस्थापित भएका छन्।

यो सबै दृश्य हेरेर इजरायलको पक्षमा सबै अनुकूल छ भन्ने अवस्था बनिसकेको छैन। हिजबुल्लाहले पनि उत्तरी इजरायलमा आक्रमण रोकेको छैन। रोक्ने अनुमान पनि कमैको छ। हिजबुल्ल्लाह शक्तिको स्थापना नै इजरायलसँग भिड्नकै लागि भएको हो। हिजबुल्लाहले आक्रमण गरिरहेकाले त्यहाँ रहेका इजरायली सकुशल घर फिर्ता हुन कठिन छ। यसपछि इजरायलको विकल्प भनेको हवाई हुँदै जमिन युद्धमा केन्द्रित गर्दै त्यो भूमिका लिएर आफ्ना नागरिकलाई सुरक्षित गर्न प्रयास हो।

सन् १९८२ मा प्यालेस्टाइनको इजरायलमा प्रवेश रोक्न इजरायलले बेरुतसम्म आक्रमणको निसाना बनाएको थियो। उनीहरूसँग लेबनानमा रहेका क्रिस्चियन सहयोद्धाले साब्रा र साटिलामा रहेको प्यालेस्टाइनको आप्रवासी शिविरमा नरसंहार गरेपछि उनीहरूको इजरायललाई समेत अन्तर्राष्ट्रिय क्षेत्रले हेर्ने दृष्टिकोण खराब बनेको थियो। उनीहरू प्रति क्रोध थियो।

सन् १९९० मा पनि इजरायलले लेबनानमा केही सीमामा कब्जा जमाएको थियो। सन् २००० मा पुग्दा अवस्था अर्कै भइसकेको थियो। अहिले जनरल भएका तथा हाकिम तहका धेरै सैनिक त्यस समयमा युवा सिपाही थिए।

सन् २००० को समय उनीहरूलाई अझ याद छ कि इजरायलका तत्कालीन प्रधानमन्त्री तथा पूर्व आइडिएफका चिफ इन स्टाफ याहुद बाराकले आफैले घोषणा गरेको सुरक्षा क्षेत्र छाडेका थिए। यसले धेरै सेनाको जीवन समेत जोखिममा परेको ठहर गर्दै उनले यो निर्णय गरेका थिए।

सन् २००६ मा हिजबुल्लाहले फेरि आक्रमण गरेको थियो। यस पटकको आक्रमणमा आफ्नो शक्ति आङ्कलन गर्न हिजबुल्लाह चुकेको थियो। सुरुमा धेरै इजरायली भूमिमा कब्जा जमाउनुका साथै धेरै सेनालाई नियन्त्रणमा लिएपछि हिजबुल्लाहका नेता हसन नरहल्लाले युद्धमा इजरायल फर्कन नसक्ने घोषणा समेत गरेका थिए। तत्कालीन प्रधानमन्त्री एहुत अल्मार्टले युद्ध छेडे।

सुरुमा गरेको हवाई आक्रमणले खासै काम नगरेपछि इजरायलले जमिन युद्ध गरेको थियो। यसले धेरै लेबनानी नागरिकको ज्यान गएको थियो। युद्धको अन्तिम दिनसमेत हिजबुल्लाहले इजरायलमा रकेट प्रहार गरेको थियो।

इजरायलका सैन्य कमान्डरलाई थाहा छकी हिजबुल्लाहसँगको लडाइँ हमाससँगको भन्दा बढी कठिन छ।

हिजबुल्लाहले सन् २००६ देखि लगातार युद्धको योजना बनाइरहेको छ। दक्षिणी लेबनानमा हिजबुल्लाहको प्रशिक्षित सेना छ। गुरिल्ला युद्धमा प्रशिक्षित उनीहरूसँग विशेष ट्याक्टिस छ। उनीहरूको अनुकूल पहाडी भूगोल पनि त्यहाँ छ।

हिजबुल्लाहले सन् २००६ देखि दक्षिणी लेबनानको चट्टानको बिचमा नै सुरुङ बनाएको छ। यसलाई नास गर्न इजरायलले सकेको छैन। इरानले त्यो सुरुङमा हतियार उपलब्ध गराउने गरेको छ। हमासलाई भन्दा हिजबुल्लाहलाई सिरियाको बाटोबाट हतियार पठाउन सहज छ।

अहिले हिजबुल्लाहसँग ३० हजार सक्रिय सेनाको जमात छ। रिजर्भमा २० हजार छन्। यिनीहरू सबै प्रशिक्षित छन्। सिरियाको आसाद शासनलाई सहयोग गर्न लडी रहेको उनीहरूको कम्ब्याट अनुभव पनि छ।

धेरैको अनुमानमा हिजबुल्लाहसँग एक लाख २० हजारदेखि दुई लाख मिसाइल रकेट छ। लामो दुरी पुग्ने ती हतियार जेरुसेलम पनि पुग्न सक्ने छन्। इजरायलले गाजामा गरे जस्तो आक्रमण लेबनानमा गरेमा यसले धेरै सर्वसाधारणको ज्यान जाने छ। साथै इरानको चाहना पनि यो हो कि उनीहरूको आणविक शक्ति केन्द्रमा इजरायलको आक्रमण नहोस्। यस कारण हिजबुल्लाह पनि त्यो समय आउनु अगाडि नै सम्पूर्ण शक्ति लगाउन चाहन्छ।

युद्ध र कूटनैतिक अवस्था
इजरायलको सहयोगी खासमा अमेरिकाले लेबनानमाथिको युद्ध चाहँदैन। अमेरिकी चाहना शान्त रूपमा इजरायली नागरिक फर्कनु नै हो। सन् २००६ मा संयुक्त राष्ट्र सङ्घको अगुवाइमा भएको शान्ति सम्झौताको ‘युएन सेक्युरिटी रिसोलुसन १७०१’ को एउटा हिस्सेदार अमेरिका हो। तर गाजामा युद्ध नसकी त्यहाँ युद्ध विराम कठिन छ।

नसरल्लाहले बारम्बार गाजा युद्ध सकिएपछि मात्र हिजबुल्लाहले युद्ध विराम गर्नसक्ने जनाइ सकेका छन्। अहिले गाजामा युद्ध विरामको पक्षमा हमास र इजरायलले नै चासो देखाएका छैनन्। गाजा युद्धका कारण धेरै इजरायली र प्यालेस्टाइनी नै बन्दी बनाइएका छन्।

अहिले इजरायलले गरेको आक्रमण जारी रहेमा यसले लेबनानी धेरै सर्वसाधारणको ज्यान जाने छ। जीवित रहनेलाई पनि बाच्न कठिन हुने अवस्था आउनसक्छ। यसपछि हिजबुल्लाह विगतको भन्दा अझ डरलाग्दो हुनसक्छ। इजरायल अहिले अडिग, रिसाहा र व्यवस्थित सैन्य शक्तिसँग भिडी रहेको छ। यसले लामो समयमा अझ धेरै क्षतिको आङ्कलन केही अन्तर्राष्ट्रिय पण्डितले गरिरहेका छन्।

इजरायलको अहिलेको उत्तरमा रहेका आफ्ना हजारौँ नागरिकलाई फिर्ता गर्ने नै हो। अहिलेको यो दबाबको असर अमेरिकी राष्ट्रपति जो बाइडेन र कमला ह्यारिसको प्रशासनलाई समेत परेको छ। हिजबुल्लाहको प्रभाव अहिले यमन, सिरिया र अन्य अरबमा छ।

संसारको सबै भन्दा शक्तिशाली गैरसरकारी सेनाको सामना इजरायलले गरिरहेको छ। लेबनानमा सर्वसाधारणको ज्यान गइरहेको छ। हिजबुल्लाह गाजामा युद्ध विराम चाहन्छ। गाजामा युद्ध लडेका हमासका नेता याया सिनवार तुरुन्त पछि हट्ने सङ्केत गर्दैनन्। हिजबुल्लाहको आक्रमण पनि रोकिएको छैन। यसले युद्ध विरामको पक्षमा रहेका कतार र इजिप्टलाई समेत नयाँ बाटो रोज्न कठिन भएको छ।
स्रोत : बीबीसी, टाइम्स म्यागेजिन

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : ०८ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा