काराबाओ कप : आर्सलनको फराकिलो जित « Khabarhub

काराबाओ कप : आर्सलनको फराकिलो जित


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काराबाओ कप (इएफएल) फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बोल्टन वान्डरेसलाई ५–१ गोल अन्तरले हराउँदै आर्सनलले सानदार जित निकालेको हो ।

आर्सनलको जितका लागि इथान न्वानेरीले दुई तथा डिक्लेन राइस, रहिम स्टर्लिङ र काई हाभर्ट्जले एक–एक गोल गरेका थिए । बोल्टनका लागि आरोन कोलिन्सले एक गोल फर्काए ।

आर्सनलका राइसले खेलको १६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, न्वानेरीले ३७औँ र ४९औँ मिनेटमा गोल गर्दै आर्सनलको अग्रतालाई तेब्बर बनाए । त्यसपछि ५३औँ मिनेटमा बोल्टनका कोलिन्सले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

यस्तै, ६४औँ मिनेटमा स्टर्लिंग र ७७औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै आर्सनललाई ५–१ को जित दिलाए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : ४७ बजे

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि