तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित | Khabarhub Khabarhub

तीन दिनमा लेबनानबाट ९० हजार बढी मानिस विस्थापित


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानमा तीन दिनमा ९० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्। सोमबार यता इजरायलको आक्रमणका कारण लेबनानमा ९० हजारभन्दा धेरै विस्थापित भएका हुन्।

संयुक्त राष्ट्रसङ्घले यो संख्या अझ बढ्नसक्ने अनुमान गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले हिजो भएको इजरायली हवाई आक्रमणबाट मात्रै ५० जनाको मृत्यु भएको जानकारी गराएको छ

यसअघि इजरायलले लेबनानमा सोमबार गरेको हवाई आक्रमणमा परेर ५५९ जनाको मृत्यु भएको थियो। सन् १९९० मा गृहयुद्ध समाप्त भएपछि लेबनानमा भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो घटना हो।

यो आक्रमण हुनुअघि लेबनानका मानिसलाई एसएमएस, फोन र रेडियो सन्देशमार्फत क्षेत्र खाली गर्न चेतावनी दिइएको थिययो। उक्त चेतावनी लगत्तै बमबारी सुरु भएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ९ : २८ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार