‘हनी ट्रयाप’ गिरोहसँग जोडिइन् इन्सपेक्टर बिनुकुमारी, छानबिनका लागि तानियो « Khabarhub

‘हनी ट्रयाप’ गिरोहसँग जोडिइन् इन्सपेक्टर बिनुकुमारी, छानबिनका लागि तानियो


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘हनी ट्रयापिङ’मा संलग्न गिरोहलाई कार्यालयमै बोलाएर बलात्कार आरोपी युवकसँग रकम मोलमोलाइ गरेको आरोपमा एकजना प्रहरी अधिकृत छानबिनमा तानिएकी छन् ।

ललितपुर प्रहरी परिसरअन्तर्गतको प्रहरी प्रभाग भैंसेपाटीकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको जिम्मेवारी खोसेर छानबिन थालिएको हो ।

शाहीलाई भैंसेपाटीबाट फिर्ता बोलाएर आवश्यक छानबिन थालिएको जानकारी उपत्यका प्रहरी कार्यालयका एसएसपी एवम् प्रवक्ता विनोद घिमिरेले दिएका छन् ।

घिमिरेले खबरहबसँग भने, ‘उनीबारे कार्यालयमै लेनदेनसम्बन्धी कुराको विवाद आएको छ। भैंसेपाटीबाट तानेर छानबिन अघि बढाउन पत्र गइसकेको छ ।’

बिनुकुमारीमाथि बलात्कारसम्बन्धी मु्द्दामा ‘हनी ट्रयापिङ’गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको आरोप लागेको छ।

बलात्कारसम्बन्धी एउटा घटनालाई ‘हनी ट्रयाप’मा परिणत गरेर लाखौँ रुपैयाँ लेनदेन गरेको आरोपसहित उनीविरुद्ध उजुरी परेको थियो ।

उनी जेठ २३ मा भैंसीपाटी प्रभागको नेतृत्व सम्हाल्न पुगेकी थिइन् । त्यसलगत्तै बलात्कारको एक घटनमा पीडित भनिएकासँगको साँठगाँठमा आर्थिक लाभ लिएको आरोप उनीमाथि छ ।

त्यसबेला बलात्कार आरोपमा मोरङ निवासी एकजना व्यापारीलाई भैंसेपाटी प्रभागमा थुनिएको थियो । तर ती व्यापारीको मुद्दा मिलाउने नाममा हिरासतमै इन्स्पेक्टर बिनुकुमारीको पनि उपस्थितिमा ३० लाख रुपैयाँ लेनदेन गरिएको खुलेको छ।

यही असोज ७ गते एकजना युवतीले मोरङका ती व्यापारीलाई भैंसेपाटीमा बोलाएकी थिइन् । युवतीकै उजुरीका आधारमा प्रहरीले ती व्यापारीलाई पक्राउ गरेको थियो ।

प्रहरी प्रभाग परिसरमै ब्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने धम्कीसहित बार्गेनिङ गरेको बताइएको छ । पीडित भनिएकी ती युवतीले प्रहरीकै सामु ब्यापारीसँग ६० लाख रुपैयाँ मागेकी बताइएको छ । बार्गेनिङका क्रममा ३० लाखमा सहमति गरिएको खुलेको छ ।

उपत्यका प्रहरी कार्यालयको छानबिनका क्रममा उक्त लेनदेनका लागि भएको बार्गेनिङ प्रभागभित्रै प्रहरीकै अगाडि भएको खुलेको छ ।

बार्गेनिङका क्रममा प्राप्त भएको ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा हालिएको थियो । बाँकी १० लाख रुपैयाँ भने चेकका रुपमा दिएर व्यापारी प्रभागबाट रिहा भएका थिए ।

उक्त कुरा चुहिएपछि ललितपुर प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न युवती र उनलाई सघाउने युवकलाई पक्राउ गरिसकेको छ ।

उता इन्स्पेक्टर बिनुकुमारीथि छानबिनका लागि ललितपुर प्रहरी परिसरले समिति बनाएको छ। उक्त घटनाबारे छानबिनका लागि डीएसपी नरहरि अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : २५ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद