सुरक्षित गर्भपतन सेवा दिवस : मातृ मृत्युदरमा उल्लेख्य सुधार  « Khabarhub

सुरक्षित गर्भपतन सेवा दिवस : मातृ मृत्युदरमा उल्लेख्य सुधार 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बिहीबार दशौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले गर्भपतनलाई महिलाको अधिकारका रुपमा स्थापित गरी सेवा विस्तार गरेको २२ वर्षको अवधिमा महिलाको प्रजनन स्वास्थ्यमा प्रगति हुँदै गएको बताएका छन् । 

‘नेपालमा प्रति एक लाख जीवित जन्ममा सन् १९९६ मा पाँच सय ३९ मातृ मृत्युबाट सन् २०२१ मा एक सय ५१ मा झारेर उल्लेख्य सुधार गर्न सफल भएका छौं। सन् २०३० सम्म ७० जनामा मातृमृत्युदर झार्ने लक्ष्य लिएका छौं’ उनले भने ।

डा। लालले असुरक्षित गर्भपतनका कारण महिलाहरूको स्वास्थ्यमा हुने प्रजनन रुग्णताको न्यूनीकरण गर्न पनि सफल भएको बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक लाख पाँच हजार महिलाले सूचीकृत स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

दश हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि एक हजार छ सय ८३ स्वास्थ्य संस्था र चार हजार दुई सय ३५ स्वास्थ्यकर्मी, १० हप्तासम्मको औषधीको तथा उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि सात सय ३० स्वास्थ्य संस्था र एक हजार चार सय १९ स्वास्थ्यकर्मी, १२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि तीन सय ५० स्वास्थ्य संस्था र दुई हजार आठ सय ६० चिकित्सक तथा स्वास्थ्यकर्मी र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र एक सय ८७ जना चिकित्सकलाई सूचीकृत गरिएको परिवार कल्याण महाशाखाका निर्देशक डा लालले जानकारी दिए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५, जनस्वास्थ्य सेवा ऐन, २०७५ र नियमावली, २०७७ ले सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा, परामर्श तथा प्रेषण, गर्भपतन पश्चात् सेवा तथा आवश्यक परामर्श र परिवार नियोजन सेवालाई आधारभूत स्वास्थ्य सेवामा परिभाषित गरेको छ ।

महाशाखाका निर्देशक डा. लालले सुरक्षित गर्भपतन सेवा विस्तार गरी हरेक महिलाको सहज पहुँच हुने वातावरणको विकास गर्दै लैजाने लक्ष्य लिइएको उल्लेख गर्दै सोही अनुरूपका कार्यक्रमहरू सञ्चालन भइरहेका जानकारी दिए । उनका अनुसार गर्भपतन सेवा देशभरि उपलब्ध छ ।

‘सम्मानजनक प्रजनन स्वास्थ्य तथा गर्भपतन अधिकारप्रति हाम्रो समर्पण दृढ छ र यो सेवा सबैको लागि उपलब्धता, पहुँचयोग्य, स्वीकार्य र गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध छ,’ महाशाखाका निर्देशक डा. लालले भने । यो वर्ष ‘सुरक्षित गर्भपतनका लागि अधिकार, पहुँच र ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ गर्भपतन सेवा दिवस मनाउन थालिएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  २ : ०७ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय