चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल | Khabarhub Khabarhub

चीन र रुसका विदेशमन्त्रीद्वारा राष्ट्रसङ्घमा युक्रेन सङ्कटबारे छलफल


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीन र रूसका विदेशमन्त्रीहरूले संयुक्त राष्ट्रसङ्घीय महासभामा युक्रेन युद्धबारे छलफल गरेका छन् । पछिल्लो समयमा चीन र रूसले सम्बन्ध बलियो भएको छ भने सन् २०२२ मस्कोले युक्रेनमा आक्रमण गरेपछि द्विपक्षीय व्यापारले बढवा पाएको छ ।

पश्चिमी मुलुकहरूले रूसको आक्रामक युद्धको समयमा बेइजिङले राजनीतिक आवरण र आर्थिक समर्थन प्रदान गरेको आरोप लगाएका छन् ।  आरोपलाई चीनले अस्वीकार  गर्दै  द्वन्द्वमा तटस्थता कायम राखेको जनाएको छ ।

चिनियाँ  सरकारी  सञ्चारमाध्यम सिसिटिभीले बिहीबार विदेशमन्त्री वाङ्ग यीले संयुक्त राष्ट्रसङ्घीय महासभामा आफ्ना रूसी समकक्षी सर्गेई लाभरोभलाई भेटवार्ता गरेको जनाएको छ ।

छलफलमा दुवै पक्षले युक्रेन संकटलगायत बिषयमा विचार आदानप्रदान गरेको सिसिटिभीले उल्लेख गरेको छ । विदेशमन्त्री वाङले  द्विपक्षीय सम्बन्ध उतार–चढावबाट गुज्रिएको उल्लेख गर्दै स्थायी असल छिमेकीको रुपमा चीन–रूस सम्बन्धलाई अगाडि बढाउने उल्लेख गरेका छन् ।  

चीन र रूसले ‘नो–लिमिट्स’ साझेदारी अनुरूप विश्वव्यापी मामिलामा अमेरिकी नेतृत्वको पश्चिमी प्रभुत्वको विरोध गर्दै आएका छन् । बेइजिङ र मस्कोले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको सातौँ वार्षिकोत्सव मनाउँदैछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी महिना रूसमा हुने उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स शिखर सम्मेलनमा पनि भाग लिने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ४ : ०६ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेकपा‍ (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड