पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी « Khabarhub

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको शहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । 

टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रूसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसङ्ख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ । 

युक्रेनका साना गाउँ र बस्तीहरूलाई नियन्त्रणमा लिने शृङ्खलामा यो सहर रूसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण विजयमध्ये एक हो ।

युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेत्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ । 

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्व शर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : १७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण