पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी « Khabarhub

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको शहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । 

टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रूसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गर्नुअघि १० हजारभन्दा बढी जनसङ्ख्या भएको युक्रेन्स्कलाई आफ्नो सेनाले मुक्त गरेको बताएको छ । 

युक्रेनका साना गाउँ र बस्तीहरूलाई नियन्त्रणमा लिने शृङ्खलामा यो सहर रूसका लागि हालैका हप्ताहरूमा भएको सबैभन्दा महत्त्वपूर्ण विजयमध्ये एक हो ।

युक्रेन्स्क मस्कोले कब्जा गरेको दाबी गरेको क्षेत्रको राजधानी डोनेत्स्क सहरबाट करिब ३० किलोमिटर पश्चिममा अवस्थित छ । 

मस्कोका सेनाले सम्पूर्ण डोनेट्स्क क्षेत्रको नियन्त्रण प्राप्त गर्न खोजिरहेका छन् र शान्ति वार्ता सुरु गर्ने पूर्व शर्तका रूपमा किएभलाई उक्त क्षेत्र साथै लुगान्स्क, खेरसन र जापोरिझिया क्षेत्रबाट आफ्नो सेना फिर्ता लान माग गरेका छन् । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ५ : १७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको