‘सरकार छाडेपछि म संसद्‍को सिंह र कार्यकर्ता सडकका बाघ भए’ « Khabarhub

‘सरकार छाडेपछि म संसद्‍को सिंह र कार्यकर्ता सडकका बाघ भए’

अहिलेको गठबन्धन चाँडै कुहिएर झर्ने जिकिर


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा जनताका कयौँ काम गरेको बताएका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफू सरकारमा रहँदा दलाल पूँजीपतिहरूको राइँदाइँमाथि जेहाद छेडेको उल्लेख गरे ।

सदन र सडकबाट केही महिनाभित्रै परिस्थिति उल्ट्याइदिन सकिने पनि उनले बताए ।

‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौँ । तिमीहरू मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’, उनले भने ।

विरोधीहरूले सधैँ षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरूको दायित्व हुने अध्यक्ष प्रचण्डले बताए ।

सरकारबाट निक्लिँदै गर्दा कार्यकताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएको उनले बताएका छन् ।

त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हालेर माओवादी आन्दोलनलाई सिद्धाउने षडयन्त्र हुँदै आएको बताए ।

ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धि उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झुकाउने उनले बताए ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्ति परास्त गर्ने अभियानमा रहेको बताए । केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ६ : ०९ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी