अमेरिकाको टेक्ससमा कन्सुलर कार्यालय खोल्न प्रधानमन्त्रीलाई आग्रह « Khabarhub

अमेरिकाको टेक्ससमा कन्सुलर कार्यालय खोल्न प्रधानमन्त्रीलाई आग्रह


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- नेपाली समाज टेक्सस (एनएसटी)को टोलीले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरेको छ।

एनएसटीका प्रवक्ता किरण पौड्यालको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्रीडा. राणालाई टेक्ससमा नेपालीका लागि नेपाल सरकारको कन्सुलर कार्यालय खोल्न आग्रह गरेको छ।

त्यस अवासरमा प्रधानमन्त्री ओलीले टेक्ससमा नेपाल सरकारको कन्सुलर कार्यालय स्थापनाको लागि सकरात्मक रहेको बताए।

‘तपाईंहरू पहिलेदेखि प्रक्रियागत रुपमा आउनु भएको भए राम्रो हुने थियो। टेक्ससको सबै बस्तुस्थिति थाहा भयो। यस विषयमा म सकारात्मक छु’, भेटमा प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीलाई भेटेर दिएको ज्ञापन पत्रमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेप्लिज एसोसियसन अफ ह्युस्टनका वरिष्ठ उपाध्यक्ष द्रोण गौतम, ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष विदुर खतिवडाले हस्ताक्षर गरेका छन् ।

यस्तै, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् अमेरिकाज क्षेत्रका प्रमुख बेद बस्नेत, नेपाली जनसम्पर्क समिति अमेरिका डिएफडब्लु च्याप्टरका अध्यक्ष ज्ञानेद्रराज कार्की, प्रवासी नेपाली मन्च टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, पानस नेपालका अध्यक्ष रवि रावल, जनप्रगतिशील मन्चका अध्यक्ष राजु सुवेदी, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शंकर पन्तको ज्ञापन पत्रमा हस्ताक्षर थियो।

एनएसटीका प्रवक्ता पौड्यालले टेक्सस अमेरिकन एयरलाइन्सको हब रहेको लगायत विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई ब्रिफिङ गरे ।

त्यसैगरी टोलीले परराष्ट्रमन्त्री आरजु देउवा राणालाई भेटेर टेक्ससमा कन्सुलर कार्यालय खोल्न अनुरोध गरेको छ ।

नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष दिनेश शर्मा, प्रवक्ता किरण पौड्याल र स्कुल कोर्डिनेटर शब्दिता प्याकुरेल नेपाली जनसम्पर्क समिति डीएफडब्लुका अध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवासी नेपाली मञ्च ओएनफए टेक्सस राज्य कमिटीका अध्यक्ष राजु नेपाल, नर्थ डालस नेपाली समाजका अध्यक्ष बादल भुजेल, एनआरएनए अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, जनक राना, गोकर्ण दाहाल , मणि भण्डारी, मनिष थापा र अर्जुन त्रिपाठी लगायत थिए ।

 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ६ : २३ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा