‘स्वास्थ्य क्षेत्र प्रदेश कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’ « Khabarhub

‘स्वास्थ्य क्षेत्र प्रदेश कर्णाली प्रदेश सरकारको प्राथमिकतामा’


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

 कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । 

चिङ्गाड गाउँपालिका–५ सुर्खेत अवललिङ्स्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको आज उद्‌घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको स्वास्थ्य क्षेत्रमा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए। 

‘स्वास्थ्य क्षेत्र प्रत्यक्ष जनतासँग जोडिएको छ’, उनले भने, ‘यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीले थोरै कमजोरी गरे नागरिकको ज्यान खतरा हुन्छ ।’

स्वास्थ्यमा थोरै हेलचेक्र्याइँले नागरिकको जीवन जोखिममा पर्नसक्ने भएकाले आफ्नो कर्तव्य र दायित्वलाई केन्द्रमा राखेर काम गर्न मुख्यमन्त्री कँडेलले स्वास्थ्यकर्मीलाई निर्देशन दिए। 

ग्रामीण क्षेत्रमा स्वास्थ्यको भौतिक संरचना राम्रो बनेकाले यहाँका स्थानीयलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा प्राप्त हुने विश्वास उनले व्यक्त गरे । 

विकासका काममा तेरो र मेरो नभनेर समुदायमा रहेका सम्पूर्ण व्यक्ति एक ठाउँमा उभिन सके चाँडो र सहज रुपमा विकास गर्न सकिने भन्दै उहाँले आफ्नो गाउँठाउँलाई राम्रो बनाउन सबै मिल्नुको विकल्प नभएको बताए।

 उनले भने, ‘हाम्रो जस्तो कमजोर प्रदेशमा चुनावको समयमा दलबीच प्रतिस्पर्धा गर्ने मात्र होइन, विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्दछ ।’

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको केन्द्रमा स्वास्थ्य क्षेत्र रहेको बताउँदै उनले अबको केही समयमा यहाँको स्वास्थ्य क्षेत्रमा सुधारका सङ्केत देखिँदै जाने दाबी गरे । सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका आयोजना प्रमुख कमलकुमार दर्लामीका अनुसार तीन करोड ६२ लाख नौ हजार नौ सय ५१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो । 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ६ : २७ बजे

ट्रम्पको चीन भ्रमण : व्यापार, करवृद्धि र मध्यपूर्वजस्ता महत्वपूर्ण विषयमा छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी समयअनुसार मंगलबार राति चीन

नेपालमा हान्टा भाइरसको जोखिम कति ? 

काठमाडौं– पछिल्लो समय विश्वका केही भागमा देखिएको ‘हान्टा भाइरस’का बारेमा

लेबनानमा इजरायली आक्रमण, १३ जनाको मृत्यु, १४ घाइते

 एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणमा परी १३

स्वास्थ्य सुधार र खरिद प्रणालीमा सहयोग गर्ने यूएनडीपीको प्रतिबद्धता

काठमाडौं– स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र संयुक्त

प्रधानमन्त्रीले भोलि नीति तथा कार्यक्रममाथि जवाफ दिने, आजलाई संसद् स्थगित

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाहले यही महिनाको ३१ गते (भोलि) नीति