सुस्ता पुगेर राष्ट्रपतिले गरे भूमि बचाउन भिडेका नेपालीको प्रशंसा « Khabarhub

सुस्ता पुगेर राष्ट्रपतिले गरे भूमि बचाउन भिडेका नेपालीको प्रशंसा


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- राष्ट्रपति रामचन्द्र पौडेल पश्चिम नवलपरासीस्थित सुस्ता क्षेत्र पुगेका छन् ।

सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन गर्न पौडेल त्यहाँ पुगेका हुन् ।

बिहीबार सुस्तामा बोल्दै यो पुल निर्माणले उक्त समस्याको समाधान गरेकोमा उनले खुसी व्यक्त गरे । डबल स्प्यानको झोलुङ्गे पुल १५७१ मिटर लामो छ।

राष्ट्रपति पौडेलले झोलुङ्गे पुल निर्माणले सुस्ता क्षेत्रमा उत्पादन हुने कृषि उपजले उपयुक्त बजार पाउने बताए।

यहाँका बासिन्दालाई आवश्यक पर्ने वस्तु तथा सेवाहरूको सहज पहुँच हुने अवस्था पुलले सिर्जना गरेको उनले बताए ।

सुस्ता क्षेत्रमा उपलब्ध नभएका शैक्षिक तथा स्वास्थ्य सेवाको सरल र सहज पहुँचमा योगदान पुग्ने विश्वास उनले लिए ।

उनले पुलको अभावमा सरकारी सेवा लिन २–३ दिनको समय लगाएर जोखिमपूर्ण यात्रा गरी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको पनि बताए ।

राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको पवित्र तपोभूमिको रुपमा रहेको त्रिवेणी धाम नजिकैको नारायणी नदीमाथि निर्माण भएको नेपालकै लामो यस झोलुङ्गे पुलको निर्माणले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने सम्भावना बोकेको बताए ।

पुलको निर्माणले नेपालकै लामो झोलुङ्गे पुल भएको जिल्लाको रुपमा यस जिल्ला र क्षेत्रको नयाँ परिचय निर्माण भएको उल्लेख गरे ।

उनले नारायणी नदी पारीको भूभागमा पुल निर्माण भइसकेपछि विद्युतीय लाइनसमेत निर्माण गर्न सम्भव भएको बताए।

राष्ट्रपति पौडेलले सुस्ता बचाउका लागि भएको आन्दोलनमार्फत देशको भूमिको रक्षा गरेकोमा सुस्तावासीलाई राष्ट्रको तर्फबाट धन्यवाद दिए ।

अब नागरिकता नपाएका सुस्तावासीलाई नागरिकता र लालपूर्जा पनि दिलाउने आश्वस्त गराए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : ४६ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब