सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस « Khabarhub

सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सप्तकोशी नदीमा यात्रुबाहक बस  खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो। 

प्रत्यक्षदर्शी उमेश मेहताले  विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताए ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताएका छन्। उनले यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी दिए ।

‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन,’ तिवारीले भने ।

 बसमा सवार यात्रु मध्ये १२ जनाको कुशल उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन। विराटनगरबाट गाईघाट जाँदै गरेको बस सप्तकोशीको हनुमाननगर तर्फको कोशी नदीमा खसेको थियो।

 घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा जुटेको प्रहरी उपरीक्षक दाहालले बताए।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ६ : ४२ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको