‘नरसिंहाः अवतार’को शुभ मुहूर्त, राजेश हमाल र सरोज खनाल एकसाथ देखिँदै « Khabarhub

‘नरसिंहाः अवतार’को शुभ मुहूर्त, राजेश हमाल र सरोज खनाल एकसाथ देखिँदै


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीबार काठमाडौंको एनएफडीसी स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए ।

निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिती थियो।

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताए ।

‘यो फिल्म मेरो लागि निकै च्यालेन्जिङ छ। राजेश दाइले धेरै स्क्रिप्ट नगरेर मेरो गर्नु नै च्यालेन्ज हो । राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो’, उनले भने।

निर्माता महर्जनका अनुसार यो फिल्म फरक तरिकाले निर्माण हुने भएकोले आफू यो फिल्मको निर्माणमा जोडिएको बताए ।

त्यस्तै, महानायक हमालले यो फिल्मको स्टोरी आफूले सोचेकोभन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुन : फिल्ममा फर्किएको बताए ।

यो फिल्मका नायक राज कटुवालले आफूले सानै बेलादेखि नै राजेश हमालका पोस्टर कलेक्सन गर्दै आएकोमा फिल्ममा खेल्न पाउँदा निकै उत्साहित रहेको बताए ।

फिल्मकी अभिनेत्री नीति शाहले आफुलाई निकै च्यालेन्ज भएको बताइन् । यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू जोडिएको उनले बताइन्।

‘मलाई राजेश हमालले पहिल्यैदेखी नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँ सँगै काम गर्न पाउदा एकदमै खुशी लागेको छ’, उनले भने ।

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले हमालसँग फिल्म खेल्न पाउँदा उत्साहित रहेको बताइन्

‘मेरो बुवा उहाँको फ्यान भएका उहाँका फिल्म बच्दैदेखि हेर्दै आएको थिएँ। अहिले उहाँसँग एउटै फिल्ममा काम गर्न पाउँदा उत्साहित छु’, उनले भनिन् ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी,प्रकाश कुँवरलगायतको अभिनय रहनेछ ।

यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको बबाल कमब्याक हुँदैछ । उनले यो फिल्मको लागि केही समयदेखी आफ्नो गज्जबको लुक्स बनाइरहेका छन् ।

आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले कलाकर्मीहरू उत्साहित छन् ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दैछन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुन् । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्व न्यौपानेले संयुक्त निर्माण गर्दैछन् । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ६ : ५६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्