राजदूत सोङ भन्छन्- नेपालसँग बहुआयामिक सम्बन्ध विस्तार गर्न चीन आतुर छ « Khabarhub

राजदूत सोङ भन्छन्- नेपालसँग बहुआयामिक सम्बन्ध विस्तार गर्न चीन आतुर छ


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छेन सोङले हिमाल पारि र वारिका दुई देशबीच सदियौँदेखि मित्रवत सम्बन्ध रहेको बताएका छन्।

‘तेस्रो चीन-नेपाल मिडिया शिखर सम्मेलन’ र ‘नयाँ चीनको स्थापनाको ७५ औँ वार्षिकोत्सव’ समारोहलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल र चीनबीचमा पहाड र नदीहरूले जडित सम्बन्ध रहेको छ । हामीबी सदियैाँदेखि यो मित्रता कायम छ’, उनले भने, ‘दुवै देशका नेताहरूको संयुक्त नेतृत्वमा, नेपाल-चीन ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ सहयोगले निरन्तर सकारात्मक परिणामहरू प्राप्त गर्दैछ । ट्रान्स हिमालयन त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जालले आकार ग्रहण गरिसकेको छ।’

उनले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको तेस्रो पूर्ण बैठकले लागू गरेको सुधारका योजनामा नेपालजस्ता छिमेकीका लागि धेरै सकारात्मक पक्षहरू रहेका बताए ।

‘चीनको सामान, सेवा, पूँजी र श्रम बजारको क्रमिक रूपमा विस्तार गर्नु, सबैभन्दा कम विकसित देशहरूका लागि एकपक्षीय खुला गर्न जारी राख्नु, ‘बेल्ट एण्ड रोड इनिनसएटिभ’ प्रविधि नवाचार कार्ययोजनाको कार्यान्वयनलाई निरन्तरता दिनु, हरित विकास, डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, ऊर्जा, कर, वित्त, र विपत्ति न्यूनीकरणका क्षेत्रहरूमा बहुपक्षीय सहकार्यको प्लेटफर्म निर्माण गर्नु, स्थल, समुद्र, र आकाशको एकीकृत योजना सुधार गर्नु र महत्वपूर्ण प्रतीकात्मक परियोजना र ‘सानो तर सुन्दर’ जनजीवनका परियोजनाहरूलाई समन्वय गर्नु’, महाधिवेशनका योजनाहरू थिए ।

सुधारका उपायहरूले नेपाल-चीन हिमालय पारको बहुआयामिक सञ्जालको निर्माणलाई तीव्रता दिनमा मद्दत गर्ने उनले बताए ।

‘कृषि, उद्योग, व्यापार, डिजिटल प्रविधि, नवीकरणीय ऊर्जा, र पर्यटनका क्षेत्रहरूमा सहकार्यको सम्भावना उजागर गर्नेछन्’, उनले भने, ‘नेपालको विकास र समृद्धिमा टेवा पुर्‍याउनेछन्, जसले दुवै देशका जनतालाई अझ राम्रो फाइदा गर्ने छ।’

उक्त कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चीन नेपालको निकट मित्र भएको बताउँदै सहकार्यलाई आगामी दिनमा अझै बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो कार्यक्रममा नेपाली तथा चिनियाँ कलाकारहरु नृत्य र गीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न दलका नेता, पत्रकार र सर्वसाधारणको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ७ : ३० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको