कोसी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुको उद्धार « Khabarhub

कोसी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुको उद्धार


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोसी ब्यारेजबाट कोसी नदीमा खसेको यात्रुवाहक बसका २० यात्रुलाई सशुकल उद्धार गरिएको छ।

विराटनगरबाट उदयपुर सदरमुकामा गाईघाट जाँदै गरेको यात्रुवाहक बस खसेपछ तत्कालै सुरक्षाकर्मी उद्धारमा जुटेका थिए ।

सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजबाट खसेको बसका २० जना यात्रुको उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन।

बस अनियन्त्रित भएर ब्यारेज पुलको बार भत्काउँदै नदीमा खसेको थियो । ब्यारेजको ३४/३५ नम्बर ढोका छेउबाट अनियन्त्रित भई बस सप्तकोसीमा खसेको थियो ।

घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा लागिरहेको प्रहरी उपरीक्षक दाहालले बताए।

चालक ३५ वर्षीय चन्दन कुमार मेहतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ७ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५