कोसी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुको उद्धार | Khabarhub Khabarhub

कोसी ब्यारेजबाट नदीमा खसेको बसका २० यात्रुको उद्धार


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोसी ब्यारेजबाट कोसी नदीमा खसेको यात्रुवाहक बसका २० यात्रुलाई सशुकल उद्धार गरिएको छ।

विराटनगरबाट उदयपुर सदरमुकामा गाईघाट जाँदै गरेको यात्रुवाहक बस खसेपछ तत्कालै सुरक्षाकर्मी उद्धारमा जुटेका थिए ।

सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजबाट खसेको बसका २० जना यात्रुको उद्धार गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन।

बस अनियन्त्रित भएर ब्यारेज पुलको बार भत्काउँदै नदीमा खसेको थियो । ब्यारेजको ३४/३५ नम्बर ढोका छेउबाट अनियन्त्रित भई बस सप्तकोसीमा खसेको थियो ।

घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा लागिरहेको प्रहरी उपरीक्षक दाहालले बताए।

चालक ३५ वर्षीय चन्दन कुमार मेहतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ७ : ३६ बजे

कोशी प्रदेशमाथि मधेशको १६५ रनको फराकिलो जित

 काठमाडौं– जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी सुरुवात गरेको

पहेँलपुर खोकना (तस्बिरहरू)

काठमाडौं– ललितपुरको खोकना यतिबेला तोरी फुलेर सुन्दर देखिएको छ ।

संसद्‌मा कुर्सीबाट चिप्लिइन् एमाले सांसद थेबे 

काठमाडौं– नेकपा एमालेकी सांसद उर्मिला थेबे प्रतिनिधि सभाको कुर्सीबाट चिप्लिएकी

गणतन्त्रका पक्षमा संविधान संशोधन गरिने छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको

माओवादीले भन्यो, ‘समस्या सडकमा होइन, सरकारमा छ’

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समस्या सडकमा नभएर