काठमाडौं नगर प्रहरीलाई सशस्त्र प्रहरीद्वारा तालिम « Khabarhub

काठमाडौं नगर प्रहरीलाई सशस्त्र प्रहरीद्वारा तालिम


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल, युएन शान्ति स्थापना शिक्षालयले काठमाडौँ नगर प्रहरीलाई शान्तिसुरक्षा र भीड नियन्त्रणसहित व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित एक महिनाको आधारभूत तालिम प्रदान गरेको छ ।

काठमाडौं महानगरपालिकाले गत असारमा नयाँ भर्ना लिएका नगर प्रहरीमध्ये ३९ महिलासहित एक सय १० जनालाई पहिलो चरणमा तालिमका लागि त्यहाँ पठाएको थियो । शिक्षालयले शान्तिसुरक्षा, भीड नियन्त्रण, अनुशासन, व्यावसायिक जिम्मेवारी, समन्वय, सहकार्य र रणनीतिक अभ्यासका विषयमा तालिम प्रदान गरेको हो ।

शिक्षालय परिसरमा आज आयोजित दीक्षान्त कार्यक्रममा बलका वरिष्ठ उपरीक्षक एवं शिक्षालयका समादेशक राजेन्द्र खड्काले छोटो अवधिको आधारभूत भए पनि नगर प्रहरीका हैसियतले कार्यक्षेत्रमा खटिइ जिम्मेवारी बहन गर्दा तालिममा सिकेका ज्ञान फलदायी हुने विश्वास व्यक्त गरे ।

महानगरपालिकाको अनुरोधमा शिक्षालयले पहिलो पटक नगरप्रहरीलाई यो तालिम प्रदान गरेको हो । महानगरपालिकाले आगामी एकमहिनाभित्रै एक सय तीन जनाको दोस्रो समूह पनि त्यहाँ पठाउने टुङ्गो गरेको छ ।

महानगरपालिकाको सुरक्षा नेतृत्वले छोटो अवधिको तालिम भए पनि आफ्ना नयाँ भर्ना सुरक्षा जनशक्तिलाई कार्यक्षेत्रमा गर्नुपर्ने शान्तिसुरक्षालगायत मामिलामा प्रदान गरिएको शिक्षा महत्वपूर्ण रहेको भनी प्रशंसा गरे ।

महानगरपालिकाले मुख्य कार्यालय, मीनभवन, टेकु र बसपार्कलगायतका स्थानबाट नगर प्रहरी परिचालन गर्दै आएको छ । पछिल्लो समय स्थानीय सरकारले करार र स्थायी दरबन्दी कायमगरी आ–आफ्ना नगर प्रहरी राख्ने अभ्यास छ । स्थानीय तहको अनुरोधमा त्यस्ता नगर प्रहरीलाई गृह मन्त्रालयसँग स्वीकृत लिइ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट तालिम प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ९ : ३८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल