प्रचण्डको प्रश्न – सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ? « Khabarhub

प्रचण्डको प्रश्न – सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले संसदीय समितिले दोषी ठहर गरेका कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा ‘गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर’ भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको दाबी गर्दै दाहालले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’

कतिपयले माओवादीको खबरदारी सभालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बचाउने सभाको रूपमा गलत व्याख्या गरेको उल्लेख गर्दै दाहालले दोषी सबै सजायको भागिदार हुनुपर्ने बताए ।

प्रचण्डले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरिए नेपाली जनतालाई सैह्य नहुने बताए ।

यो पनि –

एक्सप्लेनर : मिसन ८४ पचाउन सक्ने सहकारीको सलह

सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार

धनराजको तर्क – पूर्वपत्नीको गल्तीको दोषी मलाई बनाउने हो भने…

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ४ : ०७ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको